युट्युबमा १ सय करोड भ्युज बटुल्ने पहिलो नेपाली गीत ‘ कुटुमा कुटु ‘

चलचित्र ‘ २ रुपैया ‘ मा समावेस ‘ कुटुमा कुटु ‘ बोलको गीतले एतिहासिक रेकर्ड बनाएको छ। नेपालको जनसंख्‍या हेर्ने हो भने करिब ३ करोड नजिकको हाराहारीमा छ । यसमध्ये एक देखि डेढ करोड जनसंख्या मात्र इन्टरनेटको पहुँचमा छ । गीतलाई युट्युब रिलिजको एक वर्षमा १० करोडभन्दा बढी पटक हेरिएको छ । आज सम्म आजसम्म कुनै नेपाली गीतलाई युट्युबमा १ सय करोड पटक हेरिएको छैन । तर गायक, संगीतकार तथा गीतकार राजनराज सिवाकोटीले तयार पारेको ‘कुटुमा कुटु’ गीतले नेपालको जनसंख्याभन्दा तीन गुणा बढी भ्यूज इन्टरनेटमा बटुल्न सफल भएको छ ।

यस गीतले पाएको सर्वाधिक भ्यूजलाई संगीतकर्मीले एतिहासिक क्षण बताएका छन् । यो रेकर्ड तोड्न नेपाली गीतलाई निकै समय लाग्ने देखिन्छ । ‘कुटुमा कुटु’ १० करोड पटक हेरिने पहिलो गीत बनेकोमा गायक तथा संगीतकार राजनराजले दर्शकलाई धन्यवाद दिएका छन् । गीतमा राजनराजको शब्द, संगीत र स्वर रहेको छ भने उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन् । गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आसिफ साह फिचरिङ छन् ।

Tags: