राम्रो काम गरे स्वतः दर्शकले रुचाउछन् — काली प्रसाद बाँस्कोटा

आर्टिस्टनेपाल ।

विगत दश वर्षदेखि साँगितिक क्षेत्रमा सक्रिय रुपमा लागि परेका कम्पोजर कालीप्रसाद बाँस्कोटाले कम्पोज गरेका प्राय सबै गित मिडियामा हिट छन् । कर्ममा विश्वास गर्ने यि नेपाली कम्पोजर विशेष गरी भारतीय संगितबाट एकदमै प्रभावित छन् । संगितमा नयाँ प्रयोग गर्न रुचाउने बाँस्कोटाको पहिलो श्रृजना शशि रावलको स्वरमा सुसज्जित चाहना सकियो ले अधिक मात्रामा चर्चा बटुलेपछि यिनलाई कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । त्यसलगत्तै उनले गरेका प्राय गितहरुले थुप्रै अवार्ड समेत बटुल्यो । बाँस्कोटासँग आर्टिस्ट नेपालले गरेको कुराकानी ः

# आजभोलि दिनचर्या कसरी अघि बढिरहेको छ ?
– तत्कालै एक दुइवटा चलचित्रहरु, अनि एल्बमको कामहरुमा ब्यस्त छु ।

# गित कहिलेबाट कम्पोज गर्न थाल्नुभयो ?
– संगित गर्छु नै भनेर लागेको चाहिँ १० वर्ष जति भयो । जति खेर पहिलो प्रयास राम्रै भयो चाहना सकियो बाहाना सकियो । त्यसबाट चाहिँ मेरो क्षेत्र संगित नै रैछ भन्ने लाग्यो ।

# आफुले कम्पोज गरेको पहिलो गित नै मेगाहिट हुँदा कस्तो अनुभव गर्नुभयो ?
– यो गित हिट भइसकेको रैछ मलाई त्यसको पत्तो थिएन । काठमाण्डौको बासिन्दा भएकोले सामन्य कार्यलय आउने जाने दैनिकि थियो । तर काठमाण्डौ बाहिर जाँदा त्यसबेला साथीहरुले तेरो गित त हिट छ भन्दा त्यातिबेला मात्र थाहा पाएँ । नभन्दै त्यतिबेला मैले तिन चारवटा चर्चित वेबसाइटहरुमा आफनो गित नम्बर १ मा परेको देख्दा अचम्म लागेको थियो ।

# कुनै पनि नयाँ कलाकारको श्रृजनाले स्थान पाउनका निम्ति मिडिया लिङ्क राम्रो हुनुपर्छ भन्छन् नी तपाईलाई कस्तो लाग्छ ?
– हामी सबैको एउटा भ्रम के छ भने मिडियमा गित चलाउनको लागि बजाइदिने मान्छे चाहिन्छ । त्यसैलाइ आधार मान्ने हो भने त त्यसबेला । तसर्थ म यि कुराहरु भन्दा पनि राम्रो काम गरे जसरी पनि गितले स्थान पाउँछ भन्नेमा विश्वस्त छु ।

# अहिलेसम्म कतिवटा गित कम्पोज गर्नुभयो ?
– कम्पोज त मैले ३५ ,४० को हाराहारीमा गरेको छु त्यसमा १५ बढी गितहरुले अवार्ड पाइसकेका छन् ।

# आफुलाई मनपर्ने आफनै गितको नाम लिनुपर्दा ?
– यसमा चाहिँ आमालाई आफना छोराछोरी मध्ये को बढी मनपर्छ भन्दाको आमाको जवाफ नै मेरो जवाफ हो । तसर्थ मेरो यो गित चाहिँ मलाई मनपर्छ भनेर म भन्न सक्तिन । यद्यपी दुइचारवटा कम्पोजहरु जस्तै हेमन्त रानाको लैजा, पुरानै छ बाटो, पुष्पा गुरुङको रोग हो कि दोष, लगायतका गितहरुमा चाहिँ राम्रो काम गरे जस्तो लाग्छ ।

# चलचित्र मालतीको भट्टीबाट फिल्ममा पनि आफनो कला दर्शाउन सुरु गर्नुभयो कसरी यो प्रोजेक्टमा आवद्ध हुनुभयो ?
– पहिलोपटक चलचित्रमा काम गर्ने कुरा फाइनल भइसक्दा पनि मैले न प्रोडयुसर न डाइरेक्टर कसैलाई पनि भेटेको थिइन । गणेशदेव पाण्डे मुम्बइमा हुनुहुन्थयो, उहाँले स्कृप्ट पठाइदिनुभयो दुइचार पटक फोन सम्पर्ककै भएको कुराकानीकै भरमा उहाँले विश्वास गर्नुभयो र काम पनि गरियो ।

# मालतीको भट्टीमा तपाइले गर्नुभएको गित “ नयाँ नौलो दिन छ” ले त्यति चर्चा बटुल्न सकेन नी ?
– हो यो गित मिडियामा त्यति बजेन र एकदमै न्युन अडियन्सले सुन्नुभएको छ । तर पछिल्ला समयहरुमा मैले जे जस्तो चलचित्रका कामहरु गरेँ त्यो सबै मालतीको भट्टीकै देन हो । यति मात्र नभइ मैले आजसम्म गरेको चलचिमध्ये मलाई आफुलाइ राम्रो काम गरेको अनुभव यही गितबाट मिलेको छ ।

# मिडियिामा गितकार संगितकारहरु सधैँ ओझेलमा परिरहेका हुन्छन् रे नि ? के यो साँचो हो ? यसमा तपाईको बुझाई के छ ?
– एकदमै साँचो कुरा हो । सामान्यतः गित संगितलाई जनतासमक्ष पुरयाउने मुख्य काम गायककै हो । जसरी चलचित्रमा डाइरेक्टर या प्रोडयुसर पर्दा पछाडि काम गरिरहँदा अगाडि आउने नायक नै हुन्छ र स्वतः उसलाई धेरैले चिन्नु स्वभाविकै मान्नुपर्छ । त्यसमा मेरो कुनै गुनासो छैन । तर कम्तीमा मिडियाले पर्दा पछाडिका सर्जकलाइ क्रेडिट मात्र दिए राम्रो हुन्थयो भन्ने मेरो मन्यता हो ।

# संगित क्षेत्रमा कोबाट प्रभावित हुनुहुन्छ ?
– वास्तवमा म सानै उमेरदेखि इण्यिन म्युजिकको फयान हो । धेरै पछि थाहा भयो मैले सानैदेखि जसका गितहरु सुने ति गितहरु आर डी बर्मनका रैछन् । तसर्थ म उहाँबाट धेरै प्रभावित छु ।

# गित संगित श्रृजना गरेरै जिविको पार्जन गर्ने अवस्था कत्तिको देख्नुहुन्छ नेपालमा ?
– कम्पोज गरेरै बाँच्न सकिन्छ तर त्यसमा आत्मसन्तुष्टिको पनि कुरा आउँछ । गोपाल योञ्जनले त त्यस समयमा कम्पोज गरेरै जिविको पार्जन गर्नुभएको थियो । त्यो चाहिँ सोचमा पनि भरपर्छ कस्तो किसिमको जिवन बाँच्ने हो । यदि कोही ठुलो स्टारडम बोकेर यो गर्छु त्यो गर्छु भन्ने सोच बनायो भने त्या बिलकुलै असम्भव छ । मेरो चाहिँ संगितको विकल्पमा गरिखाने भाँडो अरु नै छ ।

# तपाइको बिचारमा सिर्जना के हो ?
– अस्तित्वमा नभएको सुन्यबाट सुरु भएको चिजलाई अस्तित्वमा ल्याएर प्राण दिनु नै श्रृजना हो ।

-दिपेन भेटवाल/ आर्टिस्टनेपाल डट कम


Comments are closed.