निर्देशक मिलन चाम्सले दशैंपछि के ‘वीर विक्रम ३’ को छायांकन गर्लान त ?

Written by ArtistNepal News

पछिल्लो समय नेपाली निर्मातामा सिक्वेल मोह बढ्दो छ । फिल्मलाई ब्रान्डिङ गर्न नपर्ने, प्रचारमा ठूलो लगानी गर्नु नपर्ने, दर्शकको चासो रहने र घरेलु बजारबाटै लगानी उठ्ने सम्भावना बलियो हुने भएकाले अहिले नयाँ फिल्मभन्दा सुपरहिट फिल्मको सिक्वेल निर्माणमा वृद्धि भएको छ । सरकारले छायांकन अनुमति दिएपछि फ्लोरमा निस्कने तयारीमा प्रायः सिक्वेल फिल्म नै बढी छन् ।

निर्देशक मिलन चाम्स पनि सिक्वेल मोहबाट टाढा छैनन् । ‘बोबी २’ घोषणा गरेर बसेका उनले गत वर्ष पल शाह र नाजिर हुसेनलाई लिएर ‘वीर विक्रम’ को दोस्रो श्रृंखला निर्माण गरेका थिए । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । फिल्मले बक्सअफिसमा नाफाको व्यापार गरेन । पैसा कमाउने उद्येश्यले ‘वीर विक्रम’ को ब्रान्ड बेचेर फिल्म निर्माण गरेको आरोप उनीमाथि लागेको छ ।

अहिले निर्देशक चाम्स दशैंपछि ‘वीर विक्रम ३’ को छायांकन थाल्ने तयारीमा रहेको फिल्मवृतमा चर्चा छ ।‘वीर विक्रम फेरि’ का लागि दयाहाङ राई, अनुपविक्रम शाही, नाजिर हुसेन हुने कुरा बाहिर आएको छ ।

वीर विक्रम २ को घाटाले तेश्रोलाइ भने चुनौती थपिएको छ , के दशैं पछि मिलन चाम्स ‘वीर विक्रम ३’ को छायांकनमा निस्कनछन त ? त्यो भने हेर्न बाकि छ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।