चलचित्र गोवर गणेशको पहिलो गीत अमिलो मोई सार्बजनिक

Written by Artist Sansar

नायिका एलिना रायमाझी आईटम गर्लमा, जय किसन फरल लुक्समा

नेपाली कथानक चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक भएको छ । अभिनेता जय किसन बस्नेत लिड फिचर्ड चलचित्र “गोवर गणेश ” को प्रमोसनल गीत “अमिलो मोई” सार्वजनिक भएको ।

कल्याण अधिकारीको निर्देशनमा बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कमेडी एक्सन तथा कमेडी बेसमा आधारित नेपाली कथानक चलचित्र “गोवर गणेश “को गीतमा नायिका एलिना रायमाझीलाई फिचर्ड गरिएको छ । एलिना चौहान र निशान भट्टराईको आवाज रहेको यस गीतमा रिमेश कुमारको संगीत रहेको छ ।

जय किसान बस्नेत, सि.यम भारद्वाज सुवेदी ,मनिषा कार्की, मुनम मल्ल ठकुरी ,भोमन कटुवाल,राजु किराँत, हिमाल राई, अजय खड्का, शिशिर भट्टराई ,टेकेन्द्र न्यौपाने लगायाताको अभिनय रहेको यस चलचित्रमा राजु किरातको एक्सन रहेको छ । भोमन कटुवालको कथा रहेको यस चलचित्रमा पटकथा तथा संबाद भोमन कटुवाल र कल्याण अधिकारीको रहेको छ । अनिल कुमार महर्जनको सम्पादन रहेको यस चलचित्र लाई मोहन कुमार झिल्लुले खिचेका हुन ।
हरि कुमार कटुवाल यस चलचित्रका निर्माता हुन् ।

चलचित्र घर खुले लगत्तै प्रदर्शन गरिने यस प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

-भिडियो –

About the author

Artist Sansar