ओखलढुंगामा भब्यताका साथ ग्याल्पो लोसार सम्पन्न, बरिस्ठ गायक नबिन ढुंगेललाई बिशेष सम्मान (फोटो फिचर)

बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड २१४५ अौं सा-फो ख्यि लो ग्याल्पो ल्होसारको अबसरमा ओखलढुंगाको खिजी-देम्बा गाउँ पालिकामा भब्यताका साथ कार्यक्रमको आयोजना सम्पन्न भएको छ । नेपालको महान बौद्ध गुरु ५ अौतारी तोलाका टुल्कु श्री डावाङ लोप्साङ रिम्पोर्चे ज्युबाट समेत लामो आयु छेवाङ ग्रहण कार्यक्रम रहेको उक्त कार्यक्रममा हजारौँको संन्ख्यामा बौद्ध धर्मावलम्बीहरूको उपस्थिती थियो । कार्यक्रममा सोलुखुम्बु, रामेछाप, खोटाङ, सिन्धुली लगायतका ठाउँबाट धर्मावलम्बीहरू उपस्थित भएका थिए ।

३ दिन सम्म सम्पन्न कार्यक्रममा राष्ट्रिय स्तरका कलाकर्मीहरुको पनि बेजोडको प्रस्तुती रहेको थियो । कार्यक्रममा बरिस्ठ लोक गायक नबिन ढुंगेल, गायक संगितकार गणेश पराजुली , गम्बु शेर्पा, डोमा शेर्पा , दावा के शेर्पा, आङ काजी शेर्पा, जीवन बम्जन, दावादिन शेर्पा, नङमु शेर्पा लामा, फुर्बा शेर्पा, जिबन सुनुवार लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीले कार्यक्रममा रौनक थपेको थियो । कार्यक्रममा मोडेल तथा नृत्यंगा लोमु शेर्पाको  आकर्शक नृत्य प्रस्तुतीले उपस्थित दर्शकको मन जितेको थियो  ।

त्यस्तै कार्यक्रममा नेपाली लोक गीतको क्षेत्रमा माछी मारन, साली भेना, सुपारी जाईको माला, काँचो कटर लागयतका चर्चित गीत गाएर ४ दसक पार गरिसक्नु भएका नेपालका चर्चित गायक नबिन ढुंगेललाई नगद सहित बिशेष सम्मान प्रदान गरिएको थियो । उहाँलाई सम्मान प्रदान गर्दा उपस्थित हजारौं बौद्ध धर्मावलम्बीहरूले उठेर तालीले सम्मान प्रकट गरेका थिए । त्यस्तै मिस शेर्पा २०१८ फस्ट रनरअप ल्यहमु शेर्पालाई पनि प्रतिभाशाली सम्मान प्रदान गरिएको थियो । ८० भन्दा धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक नव ढुंगेललाई हिरो अफ द ईयरको रुपमा सम्मान प्रदान गरिएको थियो ।

खिजी देम्बा गाउँ पालिका , ओखल्ढुङ्गा ओभरसिज हेल्पिङ ह्याण्डका संस्थापक एबं गायक गम्बु शेर्पाले कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सहयोगी हात तथा कार्यक्रमलाई साँगितिक कार्यक्रम मार्फत माहोल तताउने कलाकर्मीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो। त्यस्तै शेर्पा जातिको संस्कार, सांस्कृतिक र परम्परालाई यूवा पुस्तामा हस्तान्तरण गर्नका लागि अायोजित श्याब्रु प्रतियोगिताका प्रथम, दोश्रो तथा तेश्रो बिजेतालाई क्रमश २५०००, १५०००, र १०,०० नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा औतरी गुरु डावाङ लोप्साङ रिम्पोर्चे, संसद यज्ञराज सुनुवार, अमिबरबाबु गुरुङ लगायतको आतिथ्यतामा संम्पन्न भएको थियो । कार्यक्रमको संचालन ल्यहमु शेर्पाले गरेकी थिईन । कार्यक्रम खिजी देम्बा गाउँ पालिका, ओखल्ढुङ्गा ओभरसिज हेल्पिङ ह्याण्डको आयोजनामा नेपाल शेर्पा युवासंघ ओखलढुंगाको सह-आयोजनामा संम्पन्न भएको विश्व शेर्पा मंचका एसिया प्यासिफिक एवम् शेर्पा किदुग मलेसियाका पुर्व अध्यक्ष ङवाङ नुरी शेर्पाले बताउनुभयो ।

Categories: