काठमण्डौ- विवाहित महिलाहरुवीच हुँदै आएको सौन्दर्य प्रतियोगितामा भाविषा कोइराला चटौतले मिसेस नेपाल इन्टरनेशनलको उपाधी जितेकी छिन् । पाँचौ संस्करण अन्तर्गत भएको यो प्रतियोगिताका लागि उनी महेन्द्रनगरबाट प्रतियोगितामा सामेल भएकी थिइन् । उनले पुरस्कार वापत स्कुटर प्राप्त गरेकी छिन् ।
विभिन्न पेशामा आवद्ध ३० विवाहित महिलाबीच सम्पन्न प्रतियोगितामा महोत्तरीकी स्त्री रोग विशेषज्ञ रंगीना लाईकंग्बम एमएस नेपाल इन्टरनेसनल २०१९ भएकी छिन् । प्रतियोगिता गएको शनिवार राती नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको हो । भविषा र रंगीनाले सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।
प्रतियोगतामा ‘मिसेस नेपाल इन्टरनेशनल -२०१९’ले अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिद्वारा सम्मान गरेको छ । रिवन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्ने प्रतियोगिताको ग्रान्ड फिनालेमा उनलाई यस्तो सम्मान दिइएको हो ।
प्रतियोगितामा पूर्व प्रधान सेनापती रुकमाङ्गद कटुवाल, मिस नेपालका आयोजक संस्थाका गोपाल सुन्दर लाल कक्षपति, अभिनेता राजेश हमाल, मिसेस नेपाल इन्टरनेसनल २०१५ सबिता लामिछाने, मिस नेपाल २०१५ इभाना मानन्धर र गायक डा. आभास लाभ निर्णयक रहेका थिए ।