लिटिल मिस एन्ड मिस्टर प्लानेट नेपाल २०१८ को आवेदन फारम खुल्ला

काठमाडौं । वार्षिक परीक्षा पछि एक महिना फुर्सदमा रहने बाल बालिकाहरुको प्रतिभा प्रस्फुटन तथा व्यक्तित्व विकाशका लागि एमाजोन ईन्टरटेन्मेन्टले ६ देखी ९ बर्ष सम्मका बालबालिकाको लागि जुनियर ग्रुप तथा १० देखी १४ बर्ष सम्मका बालबालिकाको लागि सिनियर ग्रुपमा बिभाजित गरी लिटिल मिस एन्ड मिस्टर प्लानेट नेपाल २०१८को आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा ६ देखी १४ बर्ष सम्मका बालबालिकाहरुको लागि आवेदन फारम खुल्ला गरिएको एमाजोन ईन्टरटेन्मेन्टले जानकारी गराएको छ । आवेदन फारम यहि चैत्र १५ गते सम्म भर्न सकिनेछ ।

प्रतिस्प्रधाको लागि आएका बालबालिकाहरुलाई तीन सातासम्म व्यक्तित्व विकाश सम्बन्धि विभिन्न प्रशिक्षण दिईने छ । बाल उपायोगी प्रशिक्षण सम्बन्धि विज्ञबाट गराईने प्रशिक्षण बाहेक बालबालिकालाई पौडी, संग्राहालय, गोदावरी बनस्पति उद्यान, जाउलाखेल चिडियाखाना, अपाङ्ग वालगृह, एभीयसन म्यूजीयम लगायत विभिन्न स्थानको भ्रमण गराईने छ ।

यस प्रतियोगीतामा प्रतीयोगीहरुको विभिन्न आन्तरीक प्रतिभाहरु विच पनि प्रतियोगीतात्मक कार्यक्रमहरु गरी विभिन्न विधामा पुरस्कृत पनि गरीनेछ । प्रतियोगीहरुले नृत्य, गायन, वत्तित्वकला,आर्ट पेन्टीङ लगायत विभिन्न मनोरन्जनात्मक प्रतिभाहरु प्रदर्शन गर्नसक्नेछन । यो प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गर्दैछिन् । यो प्रतियोगिताको सम्पूर्ण प्रतियोगीको ड्रेस डिजाईन अफिसियल डिजाईनरले गर्नेछ ।

प्रतियोगिताको फिनाले जमल स्थित नाचघरमा भव्य समारोह माझ हुने छ । यो प्रतियोगितामा लिटिल मिस एन्ड मिस्टर प्लानेट नेपाल २०१८ का वितेजाले क्यास प्राईज, फ्यामिली टुर, भिडियो, बिज्ञापन तथा फेशन शो र विभिन्न उपहार र उपाधी पाउनेछन ।

Categories: