Lyrics- अल्झेछ क्यारे पछ्यौरी- Narayan Gopal -aljhecha kyare pachyauri

Written by ArtistNepal News

अल्झेछ क्यारे पछ्यौरी
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
बल्झेछ क्यारे सिमलको काँडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

आउँथ्यो कि चेली भनेर आमा दोबाटो धाई की
तीजमा पनि बिर्सिछ क्यारे गरिब माईती
सल्ला झैं आमा… सुसाई रहिन् एक्लै कोठामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

छोरीलाई आषिस थाप्न पाईन अन्तिम कालैमा
भन्थेनी बाबाले आँशु झारी टिकाको थालीमा
त्यहि आँशु टिका… पठाईदिऊँ कि सालको पातमा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला
दिनभरी काग… कराई रह्यो बेलको ठुटामा

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
बल्झेछ क्यारे सिमलको काँडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।