काठमाडौं। मिस नेपाल नर्थ अमेरिका २०२६ को ग्रान्ड फिनालेका लागि छनोट भएका टप २० फाइनलिस्ट सार्वजनिक गरिएको छ। आयोजकले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत फाइनलिस्टहरूको तस्बिर सार्वजनिक गर्दै प्रतियोगिताले अब ग्रान्ड फिनालेतर्फ औपचारिक यात्रा सुरु गरेको जनाएको छ।
सार्वजनिक गरिएका टप २० फाइनलिस्टमा आयशा थापा, अनामिका श्रेष्ठ, जिया थापा मगर, ईशा सिंह, ज्योत्सना क्षेत्री, मोबिशा लामा, प्राप्ति श्रेष्ठ, रेश्मा निरौला, रिम्सा थापा, शाभ्या बिष्ट, तेरिशा बान, स्वोस कराखेती, प्रियाशा देवकोटा, बिबिका कोइराला, रिया मल्ल, दीपिका शर्मा, उपासना अधिकारी, अनामिका खड्गी, रोज्जा खरेल र रुजु गिरी रहेका छन्।
उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली मूलका प्रतिभाशाली युवतीहरूबीच हुने यस प्रतियोगिताका फाइनलिस्टहरूले आगामी दिनमा व्यक्तित्व विकास, नेतृत्व क्षमता, सार्वजनिक प्रस्तुति, सांस्कृतिक पहिचान तथा विभिन्न प्रशिक्षण कार्यक्रममार्फत अन्तिम प्रतिस्पर्धाको तयारी गर्नेछन्।
मिस नेपाल नर्थ अमेरिका २०२६ को ग्रान्ड फिनाले आगामी जुलाई २५, २०२६ मा अमेरिकाको वासिङ्टन डीसी मा आयोजना हुने तय भएको छ। प्रतियोगिताले उत्तर अमेरिकामा रहेका नेपाली युवतीहरूको प्रतिभा, आत्मविश्वास, नेतृत्व क्षमता र नेपाली कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य बोकेको आयोजकले जनाएको छ।