मिस्टर एण्ड मिस सगरमाथाको उपाधी स्वेच्छा र त्रिलोकलाई

‘फेशन इरा’ले आयोजना गरेको ‘मिस्टर एण्ड मिस सगरमाथा २०१८’ को उपाधी स्वेच्छा के.सी. र मिस्टरमा त्रिलोक विक्रम थापाले हात पार्न सफल भएका छन् । राजधानीको बिशाल बजार स्थित सासा बेन्क्युटमा आयोजित यस् प्रतियोगितामा सन्नी श्रेष्ठ र एजिना कार्कीले फस्ट रनरअपको उपाधी आफ्नो पोल्टामा पार्न सफल भएका थिएभने जनार्दन आर्चाय र इमा श्रेष्ठ सेकेण्ड रनरअपको उपाधी पाएका थिए ।

उनिहरुले उपाधी सहित एक लाख नगद पुरस्कार, माउन्टेन बाईक ट्रफि र बिभिन्न गिफ्ट ह्यापरहरु हात पारेका छन् । प्रतिस्प्रधाको लागि ३२ जना युबा तथा युबती सहभागी थिए । अन्य प्रतियोगीहरुले मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी,बेस्ट ड्रेस्स, बेस्ट स्किन, मस्ट पपुलर, मस्ट ब्युटिफुल, मिसेस फोटोजेनिक, बेस्ट स्माईल आदि बिभिन्न विधामा विजेता भएका थिए ।

‘मिस्टर एण्ड मिस सगरमाथाको यो दोश्रो सिजन हो । प्रतियोगिता सफल पार्न सहयोग गर्ने बिभिन्न ब्यक्तित्व तथा संघसंस्थाहरु लाई फेशन ईराका प्रेसिडेन्ट अानन्द सिंहले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

miss and mr sagarmatha 2

Categories: