गायक बिनोदराज ढुंगेलको एकल गायन सम्पन्न

गीत संगीत सम्बन्धी बिभिन्न कार्यक्रमगर्ने सस्था कृयाटिभ बिट्स प्रालीले आयोजना गरेको गायक बिनोद राज ढुंगेलको एकल गायन कार्यक्रम सम्पन्न भएकोछ । राष्ट्रिय नाचघर, जमलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी डा.रमेश ढुंगेल हुनुहुन्थ्यो । कार्यक्रममा कबि, गीतकार, गायक कलाकारहरु , बिभिन्न उध्योग ब्यबशायीहरुको बाक्लो उपस्थिती रहेको थियो । लाइभ म्युजिक कार्यक्रममा वाधबाधक तर्फ किबोर्डमा मनोज कुमार, तबला ढोलक ,कंगोमा बिपी सिंह , अक्टोप्याडमा रुपेश सिंह , गीतारमा बिकास सुनुवार, बेस गीतारमा अनुपदास, र बसुरीमा रत्न दास बहादुर रहनुभएको थियो ।
सानो उमेर देखिनै गीत गाउदै आउनुभएको गायक बिनोद राज ढुंगेलले हालसम्म प्रकासित तथा रेकर्ड भएका चर्चित गीतहरु गाउँनुभएको थियो । गायक ढुंगेलका हालसम्म २ एल्बम प्रकाशित छन भने दर्जनौ भन्दा बढी गीत रेकर्ड भएका छन । कार्यक्रममा ढुंगेलले १२ वटा गीत प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा बरिस्ठ गीतकार शुभाष चन्द ढुंगेल, बरिस्ठ लेखक कपिलमणी ज्ञावाली, निर्माण ब्यबशायी रामशरण देउजा, नासा कालेजका फाउन्डर प्रकाश थापा, अभिनेत्री रश्मी भट्ट, कथाकार तथा लेखक राममणी ढुंगेल, चर्चित गायक ईश्वर अमात्य, भिडियो निर्देशक नब ढुंगेल लगायतका ब्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा चर्चित गायक बिनोदराज ढुंगेलले अत्यन्त मार्मिक, रोमान्चक र सन्देशमुलक गीतहरु गाउनु भएको थियो । अभिनेत्री रश्मी भट्टले कार्यक्रमको संचालन गर्नुभएको थियो।

singer binod raj dhungel live 2 singer binod raj dhungel live in ktm singer binod raj dhungel live in music

Categories:

Tags:


Comments are closed.