काठमाडौंमा तामाङ्ग लोक नृत्य प्रतियोगीतामा सम्पन्न

नृत्य निर्देशक संघ नेपालको प्रथम वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरलाई भव्यताका रुपमा मनाउन राष्ट्रिय नृत्य महोत्सव २०७४ को आयोजना गर्ने क्रममा श्रावण २१ गते तामाङ लोक नृत्य प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न संस्थाका प्रतिनिधी प्रतियोगीहरुले आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा तामाङ्ग लोक नृत्य तर्फको प्रथम स्थानको उपाधी गहना फिल्मस् प्रा.लिले हात पार्न सफल भयो भने दोश्रोमा शिखर छहारी कला केन्द्र, तेश्रो स्थान फ्युजन डान्स एण्ड एकेडेमी र सान्त्वनामा एकता सहकार्य समाज र संगित शिला प्रतिष्ठानले जित हात पार्न सफल भएका थिए ।
श्रृंगारत तर्फ सुनगाभा कला केन्द्र तथा भेषभुषा तर्फ ईन्पाएर डान्स एण्ड म्युजिक र प्रस्तुती तर्फ मुम्स डान्स एण्ड फिटनेसले विजयी हुन सफल भएका थिए ।
कार्यक्रमको संयोजन ज्ञानु महर्जन तथा सहसंयोजन स्वजन रघुवंशीले गरेका थिए ।
शेर बहादुर तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम सफलता पूवर्क सम्पन्न गर्न विशेष भूमिका निर्वाहगर्नु हुने प्रतियोगिताका संयोजक एवं नृत्य निर्देशक संघ नेपालका केन्द्रिय सदस्य केशव कोईराला तथा सहसंयोजक प्रेमलाल श्रेष्ठ एवं अन्य सहयोगीहरुलाई नृत्य निर्देशक संघले धन्यवाद व्यक्त गरेको थियो ।
विजयी तथा उत्कृष्ट प्रतियोगिहरुलाई २६ गते हुने महोत्सवमा सहभागी गराई प्रमाण पत्र वितरण गरिने संघका उपाध्यक्ष प्रदिप मान श्रेष्ठले बताए

Categories:

Tags:


Comments are closed.