‘ईन्सिटियुड अफ फेशन डिजाईन-द कृयसन’को फेशन शोको अडिसन

‘ईन्सिटियुड अफ फेशन डिजाईन-द कृयसन’ले अन्नपूर्ण होटेलमा भव्य फेसन शो आयोजना गर्दैछ । त्यसका लागि दरबारमार्ग स्थित किङ्स लाउन्च मा पहिलो अडिसन सम्म्पन्न भएको छ । । राइज म्युजिकले शो म्यानेजमेन्ट गर्दैछ भने आर्टिस्ट नेपालले शो सपोर्ट गर्दैछ ।

आयोजक संस्थाकी अध्यक्ष मनिता थापाले फेशन डिजाईन क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिकरुपमा विकास गर्न शो आयोजना गर्न लागिएको बताईन । पहिलो शोमा ४० जना व्यवसायिक मोडलले आवेदन दिएका थिए । जसमध्ये १० जना छनोट भएको र अन्य मोडलहरु अर्को अडिसन मार्फत छनौट गरिने डिजाईनर थापाले बताईन ।

उक्त अडिसनमा बेटर ग्यालेक्सीका धीरज तन्दुकार, आर्टिस्टनेपालका अध्यक्ष नव ढुंगेल, कोरियोग्राफर पूजा श्रेष्ठ, मोडल मेकअप आर्टिस्ट निलम पौडेल लगायत निर्णायक थिए ।

मोडलिङमा करिसर बनाउन इच्छुकलाई आयोजकले अडिसनमा सहभागी हुन आग्रहसमेत गरेको छ ।

फेशन डिजाईनिङ सिकाउदै आएको दि कृयसनको यो शो सातौ संस्करण हो । दि कृयसन अन्तर्गत ३ महिने ईन्टेसिभ कोर्स, ६ महिने फाउन्डेसन कोर्स, १ बर्षको प्रोफेसनल कोर्स , २ बर्षको एड्भान्स कोर्स लगायतका उपलब्ध छन ।
the creation fashion house

Categories:

Tags: