नृत्य सम्बन्धित कार्यक्रमको आयोजाना गर्दै गोबिन्द डान्स सेन्टर

फाईल फोटो
Written by ArtistNepal News

“गोबिन्द डान्स सेन्टर”का अध्यक्ष गोबिन्द राईले अक्टोवर १८ को दिन ‘गुलशन टेरेस’मा एक सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताएका छन्।

न्युयोर्क। बिगत २ बर्ष देखि अमेरिकाको न्युयोर्कमा नेपाली रफा विदेशीलाई नेपाली नृत्य सिकाउदै आउनुभएका नृत्य निर्देशक गोबिन्द राईले नृत्य सम्बन्धित कार्यक्रमको आयोजना गर्ने भएका छन्।

बिभिन्न संघसंस्थाका पदाधिकारी , ब्यबशायी , पत्रकार ,समाजसेवि तथा अभिभावकको उपस्थितिमा भएको एक छलफल कार्यक्रममा “गोबिन्द डान्स सेन्टर”का अध्यक्ष गोबिन्द राईले अक्टोवर १८ को दिन ‘गुलशन टेरेस’मा हुने साँस्कृतिक कार्यक्रमको विविध पक्षका बिषयमा छलफल गरेका थिए।

उक्त छलफल कार्यक्रममा उपस्थित बिभिन्न संघसंस्थाका पदाधिकारी तथा स्थानिय ब्यबशायीहरुले नृत्य निर्देशक राईको नेपाली भाषा नै बोल्न नजानेका साना साना नानीहरुलाई नेपाली भाषा, नेपाली संस्कृति र नृत्य सिकाउदै अभिभावकहरुले गर्न नसकेको काम गरेको भन्दै प्रसंशा गरेका थिए।

उक्त भेटघाट कार्यक्रममा डान्स सेन्टरका पहिलो ब्याच र दोश्रो ब्याचका साना नानीहरुले आफ्नो नृत्यकला प्रस्तुत गरेका थिए।

(फाईल फोटो)

About the author

ArtistNepal News

आर्टिस्टनेपाल न्युजका लागी नब ढुङ्गेलद्वारा सम्पादित तथा प्रकाशित । नब ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।