संगीतको सुरहरूको नाम सरगम दिइएको छ। सरगम शब्द प्रथम चार सुरको नामहरूको प्रथम अक्षरको संयोजनले बनाइएको हो । एक प्रकारले यसलाई संक्षिप्तीकरण (abbreviation) पनि भन्न सकिन्छ।
संगीतको मुख्य सात सुर हुन्छन् जसको नाम निम्न छन्।
- षडज्,
- ऋषभ,
- गांधार,
- मध्यम,
- पंचम,
- धैवत
- निषाद
साधारण बोलचालमा यिनलाई सा, रे, ग, म, प, ध तथा नि भनिन्छ। स्पष्ट छ कि प्रथम चार सुरहरूको बिना मात्रा वाला अक्षरहरूलाई लिएर सरगम नाम बनाइएको हो।
उपर्युक्त सात मुख्य सुरहरूको अतिरिक्त पाँच सहायक सुर पनि हुन्छन् जसलाई कोमल रे, कोमल ग, तीव्र म, कोमल ध र कोमल नि भनिन्छ। यही सुरहरूको सहायताले संगीतको रचना गरिन्छ।