बाग्लुङ्ग गलकोटमा स्थाई घर भई राजधानिमा बसोबास गर्दै आएकी बिनिता उदाँउदो मोडेल हुन् । २०४७ साल भाद्र २८ गते जन्मिएकी उनले विभिन्न संघ संस्थाबाट नृत्य र अभिनयको प्रशिक्षण समेत लिएकी छिन् । उनले गायक थानेश्वर गौतम ,चिरन्जिबि भण्डारी , गायिका मेलिना राइ, गायिका अञ्जु पन्त लगायतकता गायक गायिकाको १५ वटा भन्दा बढि म्युजीक भिडियोमा अभिनय गरिसकेकी छिन् ।
५ फिट ५ ईन्च उचाई भएकी बिनिता एक सफल कलाकार बन्न चाहन्छिन । आर्टिस्ट नेपाल स्टुडियोमा फोटोसिट गर्ने क्रममा उनले ब्यक्तिगत कामकार्यले मोडेलिङ मा निरन्तर दिन नसकेको बताईन् । अबको दिनमा निरन्तर यो क्षेत्रमा सकृय हुने सोच बनाएको पनि उनले बताईन् ।
फोटो – कुबेर तामाङ
मेकअप – सुधा गुरुङ
स्टुडियो – आर्टिस्ट नेपाल स्टुडियोस