त्रिशुली नुवाकोट की सरिना थिङ र्याम्प मोडल एजेन्सी मार्फत मोडलिङमा प्रबेश गरेकी हुन । कोरियोग्राफर जयन सुब्बा मानन्धरबाट र्याम्प ट्रेनिङ लिएकी उनले हालसम्म आधा दर्जन शो मा प्रस्तुत भईसकेकी छिन् ।
कम नै बोल्न रुचाउँने सरिना ५ फिट ६ ईन्च अग्ली छिन् । आर्कषक शारीरिक बनावट मात्र होइन, त्यति नै सुन्दर मुहार भएकी सरिना झट्ट हेर्दा कुनै चलचित्रकी नायिका भन्दा कम लाग्दिनन् । राम्रो अबसर आए म्युजिक भिडियोमा पनि अभिनय गर्ने सोख भएकी सरिना फुर्सदमा नृत्य गर्न मन पराउँछिन् ।
उनको प्रस्तुत फोटो आर्टिस्ट नेपाल स्टुडियोसमा श्रीजना कार्की श्रेष्ठको मेकअपमा कुबेर तामाङले खिचेका हुन ।