राम्रो भन्दा पनि हाम्रो चल्छ – गायक हवल लामा

Written by ArtistNepal News

आर्टिस्ट नेपाल
गायक हवल लामा सम्भाबना बोकेका गायक हुन्। २०६३ साल देखी साङितिक यात्रामा प्रबेश गरेका हवल गायन अबला कम्पोजिसन र गीत लेखन पनि गर्दछन । एक प्रतिष्ठित स्टार होटेलको सेफ समेत रहेका हवलको पहिलो गीत “प्रिमियर एक्स्प्रेस” नामक एल्बममा सग्रहित हृदयमा बोलको गीत रहेको थियो । २०७० सालमा आफ्नो आमाको शुभनामबाट आफ्नो पहिलो एल्बम को नाम “उर्मु” बजारमा ल्याएका गायक हवलसँग आर्तिस्टनेपाल डटकमको लागि अजन्ता ढुंगानाले गरेको छोटो कुराकानी :

१.म्युजिक फिल्डमा कसरी कसको प्रेरणाले लाग्नुभयो?
– संगीतमा लाग्ने तिब्र इच्चा र साथीभाईको प्रोत्साहनले गर्दा अहिले यो क्षेत्रमा छु ।

२.म्युजिकल इन्डस्ट्रीलाई नियाल्दा?
-नेपाली म्युजिक इन्डस्ट्रीमा एक त प्रबिधीसँग भिज्न नसकेर र अर्को सरकारको बेवास्ताको कारणले पनि सफल हुन सकेको छैन । संगीतमा गरिएको लागानी फिर्ता हुन्छ या हुँदैन, थाहा छैन । यहाँ राम्रो भन्दा हाम्रो चल्छ ।

३. तपाईको रोजाईका गीतहरु कस्ता हुन्छन ?
-प्रायजस्तो मेरो गीत सेन्टिमेन्टल प्रक्रितीको हुन्छ र लोक फ्लेबर तर्फ पनि ढल्किन्छ… ।

४. के मा ब्यस्त हुनुहुन्छ आजभोलि ?
– म आफ्नो नियमित काम र बचेँको समयलाई म्युजिकमै दिएको छु । नयाँ गीतको कामहरु भईरहेका छन्।

५.हवाल लामाले आफुलाई चीनाउदा?
-(“कस्तो प्रश्न हो यो”)
साधारण मान्छे … मेरो अतीत् टाढा सम्म पनि म्युजिकल इन्डस्ट्रीमा हैन

६.अन्त्यमा ….
नेपाली संगीतमा प्रबेश गरेको छु । पक्कै पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा गरेको छु । र आर्टिस्ट नेपाल डट कमले मलाई मेरो पहिलो एल्बम देखीनै साथ दिएको छ । यसको लागि यहाँहरुलाई पनि धन्यबात दिन चाहन्छु ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।