छायांकार सुदीप बराल भिडियो निर्देशनमा , नाजिर र उषा लिएर सार्बजनिक गरे भिडियो

Written by ArtistNepal News

आर्टिस्टनेपाल अन्तर्गत “आर्टिस्ट नेपाल मिडिया नेटवर्क”बाट प्रकाशित।
(artistnepal.com मा कलाकारहरु आफैले आफ्नो Artist Profile Page सृजना गर्न सक्दछन , प्रयाश गर्नुहोस )

छायांकार सुदीप बराल निर्देशन यात्रामा पनि उत्तीकै अगाडि बढिरहेका छन्। उनले पछिल्लोपटक निर्देशन गरेको दिलमा फोटो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

आरबी सिर्जन र मेलिना गुरुङको स्वरले सजिएको गीतमा वसन्त सापकोटाको शव्द रचना र संगीत रहेको छ। रविन न्यौपानेको छायांकन रहेको यस गीतको म्युजिक भिडियोमा कविराज गहतराजको शानदार कोरियोग्राफी छ। भिडियोमा रेनिष फागोको कलर र मनोहरी पौडेलको प्रडक्सन रहेको छ। भिडियोमा निर्देशक सुदीप बरालले नाजिर हुसेन र उषा उप्रेतीलाई अन स्क्रिन रोमान्स गराएका छन्।

गीतमा लुकीछुपी लगाएको मायाको कुरा गरिएको छ। नाजिर पछिल्लो समयमा म्युजिक भिडियोमा बढी देखिन थालेका छन्। उनलाई दर्शकले म्युजिक भिडियोमा मन पराउँदै आएका पनि छन्।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।