काठमाडौँ –अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एसियाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न भएको छ । नेक्स्ट ईभेन्ट इन्टरनेशनलको आयोजनामा भइरहेको प्रतियोगिताको नेपालमा यो दोश्रो संस्करण हो । कुल ३० प्रतियोगीको सहभागिता रहने यस प्रतियोगिताको दोश्रो चरणको छनौट साउन ९ गते शनिबार हुनेछ । छनौट हुने प्रतियोगीहरुले विभिन्न किसीमका तालीमहरु पाउने छन् । यस प्रतियोगिताको बिजेताले मिस एसीयामा सहभागिता जनाउने अवसर पाउनुका साथै नगद एक लाख पुरस्कार पनि पाउनेछ ।
गतवर्षकी विजेता उकुशा गिरीले मिस एसीयामा सहभागी हुदै नेपाललाई एउटा बिधामा उपाधी दिलाएकी थिइन् । “गतवर्ष उकुशाले नेपालको प्रतिनिधीत्व गर्दै एउटा बिधामा उपाधी ल्याएकी थिईन्”, आयोजक संस्था नेक्स्ट इभेन्ट इन्टरनेशनलका कार्यकारी निर्देशक दिवस खनियाले भने – “यसपटक भने उपाधी नै जित्ने गरी तयारी गरीरहेका छौँ ।” यो बर्ष मिस एसिया मात्र नभएर मिस ग्याल्म वर्ड मा समेट यसै प्रतियोगीता बाट दुई जना बिजेतालाई नेपालको प्रतिनिधित्व गरेर अन्तरास्तिय स्तरको प्रतियोगितामा पठाइने छ। केही बर्ष अगाडि अन्तरास्तिय अवार्ड बिजेता बने सँगै यस क्षेत्रमा समेत हात हालेका युथ आइकन दिबस खनिया द्वारा आयोजना हुने प्रतियोगिताहरु मध्ये यो पनि एक हो। यस प्रतियोगिताका प्रतियोगीहरुलाई लाई चर्चित मोडल तथा मिस नेपाल ग्लोबल निलम चन्द ले प्रशिक्षान गर्नेछिन् । प्रतियोगिताको फाइनल साउनको दोश्रो हप्ता हुने आयोजकले बताएका छन् ।