कसरी भयो प्यार भन्दै आईन गायिका आयला ( भिडीयोसहित)

Written by Artist Sansar

उनको आफ्नै शब्द संगीत र आवाज मा रहेको यस गितको भिडियो समेत उनले सार्बजनिक गरिसकि छिन।

नेपाली साङ्गितिक क्षेत्र गायिका आयला चापागाईंको पनि आगमन भएको छ । नेपाली साङ्गितिक क्षेत्रमा एक उज्वल भबिस्य बोकेकि नव गायिका आयला कसरी भयो प्यार बोलको गित मार्फत आएकी हुन्।

उनको आफ्नै शब्द संगीत र आवाज मा रहेको यस गितको भिडियो समेत उनले सार्बजनिक गरिसकि छिन। बर्दियाबासगडी निवासी आयला बिगत ५ बर्ष देखि नेपाली सागितिक क्षेत्रमा संघर्षरत गायिका हुन्। मुर्छना संगित बिधालयबाट संगीतको ज्ञान हासिल गरेकी आयला शास्त्रीय सङ्गीत लगायत लोक पप आधुनिक मा पनि उतिकै रुचि राख्छिन र अब्बल छिन।

उनले धेरै गितमा शब्द र सङ्गीत पनि दिईसकेकी छिन। यस गितलाई सङ्गीत संयोजन / रेकर्डिङ्ग सुरथ प्रधानले गर्नु भएको छ। मिकसिङ्ग मित्र लामाले गरेका छन्। सुर संगम स्टुडियोमा रेकडिङ्ग गरिएको यस गीतको म्युजिक भिडियोमा धुलिखेलका रमणीय स्थलहरु देख्न सकिन्छ।

मन्दील श्रेष्ठको निर्देशन र राम थापाको छायांकन भिडियोमा गायिका फिचर्ड भएकी छिन।
हेरौ भिडियो –

About the author

Artist Sansar