अमेरिकामा बुद्धवीर लामालाई एकल साँझमा १७ लाख नगद सहित सम्मान

Written by Artist Sansar

काठमाडौंँ । ‘बुद्धवीर लामा दशौं गीतिमय साँझ २०२१’ अमेरिकामा आयोजना गरिएको छ । चर्चित गीतकार बुद्धवीर लामाको एकल गीतहरु प्रस्तुत भएको कार्यक्रम शनिबार साँझ (नेपाली समय अनुसार आइतबार’ पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग शहरमा आयोजना भएको थियो ।

कार्यक्रममा लामाको रचना रहेको दर्जन बढी चर्चित गीतहरु विभिन्न कलाकारहरु प्रस्तुत गरेका थिए । जसमा यमु राईले ‘धोखा दियौ तिमीले’ र ‘लालि गुराँस अजम्बरी’ गीत प्रस्तुत गरेका थिए ।

त्यसैगरी टीका लामिछानेले ‘खोटाङ्ग हलेसी’ र ‘कतिमाया लाग्छ रिमै’, मनोज ढकालले ‘बादलुको घुम्टोले’, जितेन्द्र गिरीले ‘सवैकुरा भन्दा नि पैसै ठूलो छ’ निर्मल गुरुङ्ग र रुकु ढुंगानाले ‘आज हाम्रो भेट भाको दिन’, प्रेम गुरुङ्गले ‘चलेछ बतास सुस्तरी’, रुकसमणि ढुंगानाले ‘चोली राम्रो पाल्पाली ढाकाको’लगायत बोलका गीतहरु प्रस्तुत गरेका थिए ।

दर्शकले भरीभराउ र सांगीतिक माहोलमा आयोजित कार्यक्रममा गीतकार लामालाई नेपाली १७ लाख ९५ हजार २ रुपैयाँ नगद सहित सम्मान समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा गीतकार धन लोप्चनले लामाको सम्मानमा उनका रचनाहरु वाचन गरेर सुनाएका थिए ।

करिव ३ घण्टा चलेको कार्यक्रममा नेपाली भाषी भुटानी अमेरिकन नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो । करिब ४ दशकदेखि गीत लेखनमा क्रियासिल लामाका सयौं गीतहरु लोकप्रिय छन् ।

About the author

Artist Sansar