मिस्टर एन्ड मिस एसईई आईडल २०१८ को ताज पुरुष तर्फ गगन कार्की र महिला तर्फ शुभेक्षा मालाकारले हात परेका छन । शनिबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा उनिहरुले अन्य २० प्रतिस्प्रधीहरुलाई पाखा लगाउदै उक्त उपाधी हात पारेका हुन । उनिहरुले उपाधी सहित राजधानीको पेन्टागन कलेजमा छात्रवृत्ति पाएका छन । त्यस्तै पुरुष तर्फको फस्ट रनरअप रुपेश बस्नेत , सेकेन्ड रनरअप अभिशान्त कार्की घोसित भए भने महिला तर्फको फस्ट रनरअप सुरक्षा बस्नेत, सेकेन्ड रनरअप पुजा तामाङ र थर्ड रनरअप आकृती खतिवडा घोशित भए ।
एसईईको अन्तिम परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको सौन्दर्य एबं बौदिक प्रतियोगिताका अन्य टाईटल बिजेताहरुमा मिस्टर तर्फको बेस्टवाक तथा मिस्टर भियुर चइस रुपेश बस्नेत, मिस्टर कन्फिडेन्स गगन कार्की, मिस्टर डिसिप्लिन यमर बहादुर मगर, मिस्टर पब्लिक चइस अभिशान्त कार्की, मिस्टर अर्गनाजर चइस प्रदिप कार्की, बेस्ट पर्सानालिटी रोहन बिष्ट, बेस्ट ड्रेस, मस्ट फ्राईन्ड्ली तथा मिस्टर फोटोजेनिक रुपेश बस्नेतले हात परेका छन । त्यस्तै महिला तर्फको बिजेताहरुमा मिस ट्यालेन्ट पुजा तामाङ, बेस्ट फोटोजेनिक तथा मिस भियुर्स चइस टिना गुरुङ, मिस अर्गनाईजर चइस मनिता खड्का, मिस क्याटवाक, बेस्ट ड्रेस्स तथा मिस बब्ली आकृती खतिवडा, बेस्ट पर्सानालिटी सुनिता नेपाल, मिस डिसिप्लिन रमुना विश्वकर्मा, मिस पब्लिक चईस सुभेक्षा मालाकार, बेस्ट स्माईल प्रितीका बास्तोला, मिस कन्फिडेन्ट अस्मिता पौडेल, ब्युटिफुल आईज निशा भण्डारी, बेस्ट हेयर सोना तिमिल्सिना, बेस्ट स्किन सम्रिला कार्की तथा मिस पंचल सुरक्षा बस्नेत घोसित भए ।
कार्यक्रमको चिफ गेस्ट महेश बस्नेत हुनुहुन्थ्यो भने निर्णायक मण्डलमा गायक तथा नायक कोशिस छेत्री,पारस कुमार पोखरेल, बिपुला जोशी खनाल, हास्यकलाकार सुनिता गौतम, प्रशन्न अर्याल, ईभेन्ट म्यानेजर सोनित राज ढुंगेल र राज पाण्डे हुनुहुन्थ्यो । ट्रिनिटि मार्केिङ्ग तथा ईभेण्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा संचालित यस् प्रतियोगिताको कोरियोग्राफी नमिता भण्डारीले गरेकी हुन । कार्यक्रमको संचालन दिनेश डि सिले गरेका थिए । कार्यक्रमको अफिसियल फोटोग्राफी आर्टिस्ट नेपालले गरेको थियो ।