“मिष्टर एण्ड मिस टीन नेपाल २०१९” उपाधि निमा शेर्पा र रिवाज न्यौपानेलाई

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित “मिष्टर एण्ड मिस टीन नेपाल २०१९” शुक्रबार सम्पन्न भएको छ।

“मिष्टर एण्ड मिस टीन नेपाल २०१९”को पहिलो संस्करणको उपाधी मिस तर्फ निमा शेर्पाले मोस्ट ट्यालेन्ट, बेस्ट फोटोजेनिक र नगद २५,००० सहित विभिन्न पुरस्कार प्राप्त गरेकी छिन्। त्यस्तै मिस्टर तर्फ रिवाज न्यौपानेले बेस्ट फोटोजेनिकको उपाधिसंगै विभिन्न पुरस्कार सहित नगद २५,००० प्राप्त गरी बिजेता भएका छन् । बिजेताले जुमाण्डु बाट एक महिनाका लागि जुम्बा क्लास फ्री साथै प्रेसिडेण्टल कन्सल्टेन्सी बाट आएल्स र टोफेलको क्लास फ्रीमा लिन पाउने छन् ।

यस्तै, प्रतियोगिताको फस्र्ट रनरअपको उपाधी मिस तर्फ नगद २०,००० हजार सहित सबु नेपाली र सेकेण्ड रनरअप मस्ट बियुटिफुलको उपाधि सहित नगद १०,००० प्राप्त गरेकी छिन्। मिस्टर तर्फ बेस्ट सिङ्गरको उपाधि सहित नगद २०,००० प्राप्त गरि देवहाङ्ग लक्साम लिम्बु फस्र्ट रनरअप भएका छन् । त्यस्तै नगद १०,००० सहित मोस्ट डिजर्व र मोस्ट ह्यान्डसमको उपाधिसंगै बिशाल साक्य सेकेण्ड रनरअप भएका छन्।

सोही प्रतियोगीता मल्टिमिडियाको उपाधि ऋतु जिसी, बेस्ट वल्क संजय सुनार र स्वपनिल जोशी , बेस्ट डान्स नितु परियार, बेस्ट डिसिप्लेन सपना घले, बेस्ट हेयर उज्वल उप्रेती, बेस्ट एक्टिङ्ग मोनु बाबु साह, बेस्ट ड्रेस र बेस्ट प्रसनालिटिको उपाधि ताशी डोल्मा शेर्पाले जितेकी छिन्।

समाज सेवी कविता रानाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा प्रमुख निणार्यक हेमन्त कुमार राई, सरोज राना प्रर्जा, अपेक्च्या खड्का र सिमान्त उदाशले निणार्यकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी कविता रानाले प्रतियोगीताका सहभागीहरुलाई शुभकामना दिदै यस्ता कार्यक्रमले व्यक्तित्व विकासमा ठूलो मद्दत मिल्ने अभिव्यक्ति दिएकि थिइन्। ट्यालेन्ट राउण्डको निर्णायक मण्डलमा रहेकानृत्य निर्देशक संघ नेपालका केन्द्रिय अध्यक्ष भुवन दास श्रेष्ठ, गायक तथा गीतकार रोशन बलुवा र मोडल सहदेव वैद्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घोषिका समारोह कार्यक्रमका मूलआयोजक तथा प्लस साइजकी विश्व सुन्दरी सपना राईले गरेकी थिइन्। उक्त प्रतियोगीताको कोरियोग्राफी सपना राई गरेकी हुन्।

उक्त समारोहमा विभिन्न क्षेत्रका कलाकारले आफ्नो प्रस्तुती दिएका थिए । युनिभर्सल जुम इन्टरटैन्मैन्ट प्रा। लि र इभेन्ट म्यानेजमैन्ट एशोसियशन नेपालको आयोजनामा भएको यस प्रतियोगितामा प्रतियोगीहरुले आफ्नो कल्चर ड्रेस सहित विभिन्न क्रिएटीभ ड्रेससहित मंचमा उत्रिएका थिए ।

Tags: