शम्भुजित बास्कोटा र मन्जु थापाको गीतमा पुष्पा खडका र सुनिसा बजगाईं

Written by ArtistNepal News

लेजेन्ड सङ्गीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा…’ (गोर्खा भीएस दोलखा) सार्वजनिक भएको छ । शम्भुजितकै शब्द तथा सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्पा खडका र सुनिसा बजगाईंलाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।

गीत र गीतको भिडियोमा दोलखा र गोर्खाको युवा युवतीबीचको प्रेमलाई दर्शाइएको छ । लेजेन्ड सङ्गीतकार तथा गायक शम्भुजित बास्कोटा र बरिष्ठ गायिका मन्जु थापा यो प्रस्तुतिलाई यतिवेला धेरै स्रोता/दर्शकले रूचाई रहेका छन् । उहाँहरूका थुप्रै गीत स्रोता/दर्शकमाझ लोकप्रिय छन् ।

-भिडीयो-

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।