पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ लिएर आए (भिडियो)

Written by ArtistNepal News

काठमाडौं । ‘चन्द्र कुमारी’ बोलको गीतको भिडियोसहित बजारमा आएको छ । गीतमा पुराना लोक श्रस्टा नबिन ढुंगेल, नबराज घोरासैनी,मंजु गौतम र मनिषा घोरासैनीको रहेको छ ।

गीतमा नबराज घोरासैनीको शब्द,नबिन ढुंगेलको सङ्कलन र कमल सौरागले संगीत संयोजन रहेको छ । गायक ढुङ्गेल तथा घोरासैनीको यो पहिलो सहकार्य पनि हो।

सन्तोष राजबाहकको कोरीयोग्राफी रहेको भिडियोलाइ राज के.सीले निर्देशन गरेका छन। भिडियोमा बिक्रम नेपाली र पूजा नाथको अभियनय रहेको छ ।

राम कुमार के.सी.ले छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन र कलर गरेका छन् ।

यस म्युजिक भिडियो नबराज घोरासैनीले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत् सार्बजनिक गरेका हुन्।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।