गायक प्रल्हाद तिमिल्सिनाको गीतमा निर्देशक आलोक नेम्बाङको अन्तिम निर्देशन

निर्देशक आलोक नेम्बाङले आफुले निर्देशन् गरेको कती कामहरु देख्ननै पाएनन । उनको निधन पछी उनले निर्देशन् गरेको चलचित्र रिलिज भयो । कती मुजिक भिडियोहरु पनि त्यस्तै भए, उनको निधन भएको धेरै पछी उनिबाट निर्देशित म्युजिक भिडियो सार्वजनिक भएकोछ । सम्भवत: दिवंगत निर्देशक आलोक नेम्बाङद्वारा निर्देशित अहिले सम्मकै अन्तिम म्युजिक भिडियो हो । निर्देशक नेम्बाङले २०७१ साल कात्तिक २० गते यो संसार त्याग्नुभन्दा केही दिनअघि मात्र यस् भिडियोको निर्देशन् गरेका थिए, भिडियो छायांकन भएको केही दिनपछि नै निर्देशक नेम्बाङले आत्महत्या गरेपछि भिडियोका फुटेजहरु संकलन गर्न समय लागेकाले अहिले आएर भिडियो सार्वजनिक गरिएको गायक तिमिल्सिनाले जनाएका छन् । भिडियो गायक तिमिल्सिनाकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

कालीप्रसाद रिजालको शब्द तथा आलोकश्रीको संगीत निर्देशनको उक्त गीतमा महाराज थापाको संगीत संयोजन छ । उक्त गीत गायक तिमिल्सिनाको एकल एल्बम ‘महक’ मा समावेश गरिएको छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् । भिडियोमा अनिल थापा तथा एलिजा बस्नेतले अभिनय गरेका छन् ।

Categories:

Tags: