नायिका रजनी केसीको बोलीको भर नभएपछी…

Written by Artist Sansar

भनिन्छ नि , नबोल्नेको पनि बोली बिकोस् ! झन बोल्नेको त कती बोली बिक्ला ??

नायिकाको ट्याग लिएर संघर्श गर्दै गरेकी नब नायिका रजनी केसीको बोली भने बिकाउ रहेनछ, सिधै अर्थमा भन्दा विश्वासिलो रहेनछ । कुरा हो , एक सौन्दर्य प्रतियोगिताको । उदाउने क्रममा रहेकी नयाँ नायिका रजनी केसीलाई एक प्रतियोगिताको निर्णायक भूमिका (जज)को लागि निमन्त्रणा गरियो, उनले सहजै आउने आश्वासन पनि दिईन। कार्यक्रमको अघिल्लो दिनपनी कन्फर्मेसन कल गरियो, त्यो दिन आफु जसरी पनि आउने जानकारी दिईन । तर प्रतियोगितामा भने उनी उपस्थित भईइन, जज कोओर्डिनेटरले प्रतियोगिताको दिन उनलाई १२ पटक सम्म संपर्क गरे, ५ पटक सम्म मेसेज पनि गरे, तर ढुङ्गा बोल्थ्यो होला, उनको फोन बोलेन।

उनले कतिलाई झुटो आश्वासन दिईन, आश्वासन पाउनेलाई थाहा होला या उनिलाईनै । तर उदाउने क्रममा रहेकी कलाकारले बोलीको विश्वाश गर्नाले आयोजकलाई भने एकछिन टाउको दुखाई नै भयो।निर्णायक भूमिकाको महत्वको बारेमा नब नायिका ज्युले बिस्तारै थाहा पाउलिन। बिशेष: गरी कलाकारको ब्यक्तिगत जीवनलाई पनि निर्णायक भूमिकाको ठुलो महत्व राक्दछ। कलाकारको ब्रान्ड भ्यालु, पर्फर्मेन्स रेट, मिडिया पब्लिसिटी लगायत धेरै कुरामा यसको भूमिका गहन हुन्छ। निर्णायक भूमिका निभाउने अबसर भनेको अरु भन्दा एक ग्रेड माथि छ भन्ने देखाउनु नै हो। खैर,हाल सम्म खासै हिट चलचित्र नदिएकी रजनी केसीको धाट्ने बोलीले कती हैरानी भए होलान?

About the author

Artist Sansar