फरक लुक्समा आईडल बिजेता बुद्द भिडियोमा आउँदै

काठमाडौं : पहिलो नेपाल आइडल बिजेता बुद्ध लामाको नया गीत ‘सोल्टीनी सोल्टीनी’ बोलको म्यूजिक भिडियोको छायांकन सम्पन्न भएको छ । भिडियो एपी १ टेलिभिजनले निर्माण गरेको हो । आईडल बिजेतालाई दिने उपहार स्वरुप निर्माण भएको यस् भिडियोको गीतमा आशुसेन लामाको शब्द तथा संगीत रहेको छ भने फडिन्द्र राईको एरेन्ज रहेको छ ।

भिडियोलाई छायाँकार अनिल के मनान्दरले निर्देशन गरेका छन । भिडियोमा गायक बुद्द लामा र अलिसा राईको अभिनय रहेको छ । यस् भिडियोमा बुद्दलाई फरक लुक्स मा देख्न सकिने निर्देशकले बताए ।

आइडल बिजेता बुद्दका ४ ओटा गित बजारमा आईसकेको छ । चारवटै गीतलाई दर्शकले रुचाएका छन । यस् भिडियो राम्रो बनेको निर्माण पक्षले बताएको छ । भिडियो यो साता भित्र रिलिज हुने जनाईएको छ ।

Categories:

Tags: