यहि आगामी १२ गते बिहीवार ‘द कृयसन फेसन ईनस्च्युट’ ले हिन्दू महिलाहरुको महान चाड तिजको अबसरमा ‘तिज शो’ को आयोजना गर्ने भएको छ । तिज अर्थात रातो रङको थेम अनुसार, उक्त फेशन शोमा कलेजमा अध्ययनरत बिद्यार्थीहरुले र्याम्प नाप्नेछन्।
रेड थेम डिजाईन अन्तर्गतको प्रोजेक्ट वर्क भएको र तिजको अवसरमा बिद्यार्थीहरुले रेड थेममा आफ्नो प्रोजेक्ट वर्क प्रस्तुत गर्न लागेको द क्रियसन फेशन ईस्टिटियुडका निर्देशक मनिता थापाले बताउनु भयो । कार्यक्रम लाजिम्पाट स्थित इक्चिबन रेस्टुरेन्टमा आयोजना हुने छ ।
यस् कार्यक्रममा हेमा गुरुङ, सृजना पाण्डे, अनिता श्रेष्ठ, सबिना गुरुङ, सुस्मा थापा ,पुनम मगर, रजनी श्रेष्ठ, ऋतु गुरुङ, अर्चना काउच मगर, अस्मिता सुनुवार, प्रिया मेहेता, रेखा खड्का , तृष्णा थापा , निमा तामाङ्ग बीच प्रतिस्प्रधा पनि हुने आयिजक थापाले बताईन । यस प्रतिस्प्रधामा बिजेता पनि घोषणा गरिने उनले बताईन।
कार्यक्रमलाई ब्यबस्थित बनाउन सिरु राजभण्डारी र बन्दना श्रेष्ठले जिम्मा लिनुभएको छ भने स्टेज प्रस्तुतिकरणको तालिम संगसंगै कोरियोग्राफी जेनिफ़र बज्राचार्यले गर्नुभएको छ। प्रतियोगीहरुलाई मेकअप दिपा थपलियाले गर्नुहुनेछ भने कार्यक्रम ब्यबस्थापन प्राचिन श्रेष्ठले गर्नुभएको छ। द क्रियसन बिगत १ दसक देखि फेशन डिजाईन पढाउदै आएको संस्था हो।