‘ ए मेरो हजुर ३ ‘ बाट शुखत डेब्यु गरेकी नायिका सुहाना थापा फिल्मी ब्लड हुन्। उनकी आमा झरना थापाले नेपाली फिल्ममा आफूलाई कुशल अभिनेत्रीको रुपमा स्थापित गरिसकेकी छन् । एक समय एकसेएक सुपरहिट फिल्म दिएकी उनी केही वर्षयता अभिनयबाट दूरी बनाएर निर्माण र निर्देशनतर्फ सक्रिय छिन् । गत वर्षको अन्तिम महिनामा प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ बाट उनले छोरी सुहानालाई पनि आफूले हिँडेको बाटोमा ल्याएकी छन् ।
यो फिल्म बक्सअफिसमा सफल मात्र भएन सुहानालाई पनि दर्शकले अभिनेत्रीको रुपमा स्वीकार गरे । उनको अभिनयलाई दर्शक र समीक्षकले ‘चमत्कार’ बताएका छन् । कतिपयले अहिलेकी जल्दीबल्दी अभिनेत्री साम्राज्ञी आरएल शाहलाई उनी थ्रेट हुनसक्ने विश्लेषण समेत गरेका छन् । डेब्यू फिल्मबाटै आफूलाई ‘स्टार अभिनेत्री’ को रुपमा उभ्याएकी सुहानालाई अब आमाले बनाएको साख जोगाएर राख्नुपर्ने सबैभन्दा ठूलो चुनौती छ ।
गएको शुक्रवार उनी छोरी सुहानालाई लिएर फिल्म ‘ए मेरो हजुर ३’ को प्रदर्शनका लागि युरोप टुरमा निस्किएकी छन् । युरोप पुगे लगत्तै निर्देशक झरनाले आफ्नी ‘गुडियारानी’ उर्फ सुहानाको आकर्षक तश्बिरहरु सामाजिक सञ्जालमा साझेदार गरेकी छन् । उनले तश्बिरसँगै क्याप्सनमा लेखेकी छन्, ‘तिम्रो मुस्कानले मेरो जीवन अत्यन्त सुन्दर बनाउँछ गुडियारानी ।’ तश्बिरमा सुहानाको अनुहारमा खुसी छल्किएको छ । उनलाई निकै सुन्दर पनि देखिएको छ ।