चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले आफ्नो रिलिज मिति परिवर्तन गरेको छ । भदौ १३ गते रिलिज हुने भनिएको यो चलचित्रले आफ्नो रिलिज मितिलाई दुई साता पछाडि सारेको छ । अब भने यो चलचित्र असोजको ३ गते रिलिज हुने पक्का भएको छ ।
यो चलचित्रको प्राविधिक काम नसकिएला केही साता पछि सारिएको निर्देशक रामबाबु गुरुङले बताएका छन् । भदौ १३ गते नेपाली चलचित्र ‘मारूनी’ र प्रभास स्टारर साउथ इन्डियन चलचित्र ‘साहो’ रिलिज हुदैँ थियो । यो मितिमा ‘कबड्डी कबड्डी कबड्डी’को साथमा अहिलेसम्म ‘लभ डायरिज’ रिलिज हुनेछ । यो चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विजय बराल, बुद्दि तमाङ लगायतको मुख्य भूमिका छ ।
असोज ३ गते चलचित्र ‘छ माया छपक्कै’लाई ल्याउनका लागि यो मितिमा रिलिज हुने भनिएको चलचित्र ‘घामट शेरे’ तिहारमा सारिएको थियो । तर, अब भने ‘कबड्डी कबड्डी कबड्डी’ आउने भएपछि ‘छ माया छपक्कै’लाई समस्या पर्ने भएको छ ।