आठौ नेफ्टा अवार्ड कतारमा हुने,७५ वटा चलचित्र बिच प्रतिस्पर्धा

आर्टिस्ट नेपाल

बिदेशीभुमीमा फिल्मी एवार्ड गरेर चर्चा पाएको तथा राम्रो कार्यक्रम आयोजना गर्न नसकेर आलोचना पनि खेपिरहेको नेफ्टा एवार्डको आठौ संस्करण कतारमा आयोजना हुने भएको छ । प्राविधिक संघले अन्तरराष्ट्रिय कलाकार मञ्च कतारलाई सहकार्य गराउँदै आयोजना गर्न लागिएको एवार्डको बारेमा जानकारी दिन राजधानीमा आयोजित एक कार्यक्रमको आयोजना गरिएको थियो । चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधीले क्राकर्स पड्काएर र नायकहरु जीवन लुइटेल, गजित बिष्ट, यशराज, गौरव पहारी, नायिकाहरु करिश्मा मानन्धर, ऋचा शर्मा, शिल्पा पोख्रेल, वेनिशा हमाल, सरिता गिरी, शोभिता सिंखडा, सुरक्षा पन्त, नन्दिता केसी, केकी अधिकारीले केक काटेर अवार्ड कार्यक्रमको सुरुवात गरेका थिए ।

वि.सं २०७१ साल वैशाख १ गतेबाट वि.सं २०७१ साल चैत्र मसान्तमसम्म प्रदर्शनमा आएका चलचित्रमध्ये यो बर्ष ७५ वटा चलचित्रले अवार्डका लागि प्रतिस्पर्धा गर्दैछन् । यी चलचित्रहरु आइतबारबाट अवार्डका निर्णायकहरुले हेर्नेछन् ।

चलचित्र प्राविधिक संघले यस अघि ‘छैटौ नेफ्टा फिल्म अवार्ड’ मलेसियामा र सातौ अवार्ड हङकङमा आयोजना गरेको थियो । तर कार्यक्रम झुर तथा बिदेशीभुमीमा गई राष्ट्रकै बेईजत गरेको भन्दै आयोजकले केही अनलाईन तथा सोसियल मिडियामा आलोचना पनि खेपेको थियो ।


Comments are closed.