नम्रता काफ्ले खरेलको ‘नम्रता’ एल्बम सार्वजनिक

नेपाली संगीतमा एक प्रतिभाशाली गायिकाको रुपमा नम्रता काफ्ले खरेलको आगमन भएको छ…[+]

आर्टिस्ट नेपाल डट कम

नेपाली संगीतमा एक प्रतिभाशाली गायिकाको रुपमा नम्रता काफ्ले खरेलको आगमन भएको छ । आफ्नो पहिलो एकल एल्बम ‘नम्रता’ लाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि, सिंचाई मन्त्री एनपी साउद, गीतकारद्वय किरण खरेल र डा. कृष्णहरि बरालले संयुक्त रुपमा एल्बमको विमोचन गरेका थिए ।

आफ्नै नाममा सार्वजनिक गरिएको एल्बममा ५ गीतहरु सङ्रहित छन् । सङ्रहित पाँचै गीतमा पुराना श्रस्टा किरण खरेलले रचना गरेका छन् । पाँच गीतमध्ये बालद झैं, फूल बनि र मै राम्री गीतमा दीपक शर्माले तथा तिमी छौं र सानो कुरा बोलको गीतमा हरि लम्सालले संगीत दिएका छन् ।

बिमोचनका अवसरमा भुसन दाहाल र बिधान कार्की निर्देशित बादल झैं र तिमी छौंको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । दाहाल निर्देशित ‘बादल झैँ’बोलको गीतको म्युजिक भिडियोमा नायिका प्रियंका कार्की र नम्रता पति महेश खरेलले अभिनय गरेका छन् भने कार्की निर्देशित ‘तिमि छौ र जीवन’बोलको गीतको भिडियोमा बर्षा राउत र अनिल थापाले अभिनय गरेका छन् ।

About the author

Artist Sansar