आलोक नेम्वाङ निर्देशित दोस्रो फिल्म ‘कोही…मेरो’को प्रीमियर

Written by Artist Sansar

ARTISTNEPAL | 2011-07-03 21:14:06
आलोक नेम्वाङ निर्देशित दोस्रो फिल्म ‘कोही…मेरो’को प्रीमियर आज बिहान गरिएको छ । राजधानीको जयनेपाल सिनेमा घरमा आयोजित जमघटका बीच प्रीमियर गरियो । कोही चलचित्र आजै देशब्यापी रिलिज भएको छ ।
पत्रकार, निर्माण पक्ष र सीमित व्यक्तिहरुलाई मात्र प्रीमियरमा डाकिएको थियो । सन्चिता लुइँटेलबाहेक चलचित्रका अन्य कलाकारहरु आर्यन, सुवास, झरना लगायत प्रीमियरमा उपस्थित थिए ।
जोमसोम, चितवन, पोखरा तथा काठमाण्डूका दृश्यलाई मनमोहक ढंगबाट खिचिएको र त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्रलाई म्यूजिक डट कम ले निर्माण गरेको हो । म्यूजिक डट कम को अर्को प्रस्तुति मूभिज डट कमको निर्माणमा राजेश वंशल प्रस्तुतकर्ता रहेको चलचित्र ‘कोही…मेरो’मा सुरेश अधिकारी, बसन्त सापकोटा तथा सुरेश राईको संगीत सुन्न पाइन्छ । आर्यन सिग्देल, झरना बज्राचार्य, सुवास थापा, सन्चिता लुइँटेल, दिनेश शर्मा, राधा लम्साल, तृप्ती नाड्करले पनि खेलेका छन् ।
चलचित्रमा नायिका सन्चिता लुइँटेलले विक्नीमा बोल्ड सिन दिएकी छिन् । म्युजिक भिडियो निर्देशनपछि दुईवर्षअघि चलचित्र ‘सानो संसार’मार्फत चलचित्र निर्देशन क्षेत्रमा आएका आलोक निर्देशित यो दोस्रो चलचित्र हो ।

About the author

Artist Sansar