गायिका अन्जना राईको आवाज मा रहेको आधुनिक गीत ” शितको थोपा” चर्चामा

गायिका अन्जना राईको आवाज मा रहेको आधुनिक गीत ” शितको थोपा” चर्चामा आएको छ र उक्त गीत मा चर्चित मोडल एंव सञ्चारकर्मी सुनिल बलाल , बबिन पौडेल र अनुप श्रेष्ठको अभिनय रहेको छ ।
मायामा धन र सानो जातले निम्त्याएको परिस्थिति अनि माया पाउन गरेको संघर्ष र कसैको सानो त्याग र सहयोगले मायाका जोडिले पाएको खुशीलाई भिडियोमा देखाउन खोजीएको निर्देशक बिकास श्रेष्ठ तथा गायिका अन्जना राईले बताउनु भयो। गीतको भिडियोलाई सन्देशमुलक बनाउन खोजिएको छ ।
धेरै मेहनत गरेको कारण दर्शक स्रोताले मन जित्नेमा गायिका अन्जना राई आशावादी छन् । उत्कृष्ट गीत भएको कारण पनि भिडियो राम्रो बनेको म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरु बताउँछन् । म्युजिक भिडियोमा प्रदिप गुरुङले छायांकन गरेका छन् ।
म्युजिक भिडियो निर्देशन भने सञ्चारकर्मी बिकास श्रेष्ठले नै गरेका छन् । भिडियो माधव वेल्वासेको सम्पादन गरेका छन् । Budha Subba Digital Pvt Ltd ले गीतलाई बजारमा ल्याएको हो ।

Tags:


Comments are closed.