तिन स्रस्टा बिहानीमा

रेडियोको सर्बाधिक चर्चित कार्यक्रम मेरो कथाको संचालक डियर कल्याणन संगीतकार सचिन सिंह र युबा होनहार गायक सुमन कुमार श्रेष्ठ । यी तिन स्रस्टा मिलेर ‘बिहानी’ एल्बम सार्बजनिक गरेका छन् । भाइब क्रियसनको बजार ब्यबस्थापन रहेको बिहानी एल्बममा १) यो मन CRBT 0130028655, २) ए आवाजहरु CRBT 0130028989, ३) मुटु रेट्दा CRBT 0130028985, ४) तिमि बिना CRBT 0130028988, ५) ए होई CRBT 0130028986, ६) बिस्वास CRBT 0130028987, र हरपल CRBT 0130028990, गित हरु संग्रहित छन् ।

रेडियोकर्मी गौतम प्रेममा असफलहरूका पीडा समेट्दै रेडियो कार्यक्रम ‘मेरो कथा’ उत्पादन गर्छन् र यो रेडियो कार्यक्रमको श्रोताबीच लोकपि्रयता पनि बढ्दो छ । प्रेम-असफलताका कथा तथा विछोडिनुपर्दाका पीडाहरूलाई रेडियोमा मात्र सीमित राखेका छैनन् उनले, केहि समय अघि पुस्तकाकारसमेतको परिचय दिएका उनले गीतकारको रुपमा पनि आफुलाई शसक्त रुपमा प्रस्तुत गरेका छन् ।

आफ्नो जन्मथलो कालिम्पोङ्ग छोडेर काठमाडौंलाई कर्मथलो बनाएका सचिन सिंह २३ वर्षको हुँदा संगीतलाई फैलाउन सक्ने खुला ठाउँ खोज्दै काठमाडौं आएका एक चर्चित संगीतकार हुन् । हाल सम्म ४५ भन्दा धेरै चलचित्रमा संगीत दिइसकेका सचिन आफ्नो पन्ध्र बर्षे सांगीतिक यात्रामा अर्को महत्पूर्ण प्रस्तुतिको रुपमा ‘बिहानी’ एल्बमलाई लिएका छन् ।

२०५९ सालमा ‘सुमनको आगमन ‘नामक पहिलो एल्बम प्रकाशित गरेर चर्चाको शिखरमा पुग्न सफल गायक सुमन कुमार श्रेष्ठ संगीतलाई आफ्नो जिबन नै हो भन्छन । आफ्नो १२ बर्षे सांगीतिक यात्राको एक महत्पूर्ण कोशेली \को रुपमा पनि उनले यस ‘बिहानी ‘ एल्बमलाई लिएका छन् ।


Comments are closed.