नेताहरू माझ ‘दासढुङ्गा’को भब्य प्रिमियर

2011-07-03 21:36:05
राजनीतिक दलका बरिष्ठ नेताहरु,चलचित्रकर्मी, लेखक, बुद्धिजीव, पत्रकार, अभिनेता र कुटनीतिक व्यक्तित्वहरुको विशिष्ठ जमघटका बीच बहुप्रतीक्षित चलचित्र ‘दासढुंगा’को प्रीमियर गरिएको छ ।

विहिबार विहान राजधानीको कमलपोखरी स्थित कुमारीहलमा गरिएको प्रिमियर समारोहमा एमाले अध्यक्ष झलनाथ खनालले चलचित्रको ब्यानर अनावरण र दीप प्रज्वलन गर्दै प्रीमियर शुभारम्भ गरे ।

प्रीमियर समारोहमा निर्देशक पण्डितले सबै ‘दासढुंगा’ टीमलाई स्टेजमा बोलाएका थिए । निर्देशक पण्डितले चलचित्र मनोरन्जनात्मक फिल्म नरहेको बताउँदै १७ बर्ष सम्मका घटनालाई चलचित्रमा रूपान्तर गरिएको जानकारी दिँदै यस्ता घटानालाई बेवास्ता नगर्न अनुरोध समेत गरेका थिए । चलचित्र निर्माणको ३ बर्षे अबधिमा आफुहरूले पाएको बिभिन्न झमेलाहरुको पनि उनले चर्चा गरेका थिए ।

२०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको एक कहालिलाग्दो घटनाको बिषयलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘दासढुंगा’ हेर्न एमाले अध्यक्ष झलनाथ खनाल, माओबादी उपाध्यक्ष बाबुराम भट्टराई पत्नी हिसिला र छोरी मानुषी, राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरा, एमाले महासचिव इश्वर पोखरेल, सचिव युवराज ज्ञवाली, नेता अमृतकुमार बोहरा, माओबादी नेता लीलामणी आचार्य,घनश्याम भुषाल, लेखनाथ पौडेल, जीवराज आश्रितकी धर्मपत्नी माया ज्ञवाली, लगायतका ब्यक्तित्वहरु प्रीमियरमा उपस्थित थिए ।

चलचित्र हेरे पछि राजनैतिक दलका नेताहरुको प्रतिक्रिया:

# डा. बाबुराम भट्टराई:- १७ बर्ष अघिको सद्यन्त्रमूलक घटनाको अझै सम्म पनि छानबीन गर्न नसक्नु दुख लाग्दो कुरा रहेको बताउँदै ‘दासढुंगा’ इतिहासको एउटा कोशेढुंगा रहेको र घटनाको पुनः छानविनका लागि सरकारसँग आग्रह गरे । चलचित्रले नेपाली राजनीतिमा तरंग ल्याउने छ र आफुले हेरेको नेपाली चलचित्रमध्येको ‘दासढुंगा’ सर्वोत्कृष्ट रहेको चर्चा गरे ।

# झलनाथ खनाल :- क. मदन भण्डारीको दासढुंगा घटनाको निश्पक्ष छानविनका लागि सरकारसँग आग्रह समेत गर्दै फ़िल्मका दर्शकहरुले राज्यलाई पुन: दबाब दिने र घटनाको दोषी पत्ता नलाग्दासम्म अनुसन्धानलाई जरी राख्नु पर्ने कुरालाई जोड़ दिए ।

# माया ज्ञवाली (जीवराज आश्रितकी धर्मपत्नी) :- सबैले बिर्सिसकेको घटनालाई चलचित्रमा प्रस्तुत गरिएको बताउँदै अब राज्यले यो घटनालाई राज्य ले पुन: छानबिन गर्ने आश रहेको बताउँदै चलचित्र टीमलाई बधाई तथा सुबह कामना दिनु भयो ।


Comments are closed.