तामाङ जातिको संस्कृति तथा भाषा संरक्षण गर्ने उद्देश्यले तामाङ भाषामा चलचित्र घ्रान ‘कसम’ निर्माण सम्पन्न भएको छ ।
मोक्तान फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रले समाजमा प्रजातान्त्रिक प्रणाली विकास गर्ने क्रममा सामन्ति वर्गसँगको संघर्ष, वर्ग संघर्षका क्रममा एउटा परिवारको अभिभावकले ज्यान गुमाउन परेको, त्यसपछि उनका सन्ततिले समाजमा समानता, सामाजिक न्याय र प्रजातन्त्रको स्थापनाका लागि निर्वाह गरेको भूमिकाका बारे कथा समावेश गरिएको छ ।
तामाङ समुदायको संस्कृति र सामाजिक जीवनयापनका कथामा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्र ओखलढुंगाका मुलखर्क लगायत विभिन्न स्थानमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा नायक सागर घिसिङ तथा नायिका सुकुमाया मोक्तान छन भने अन्य कलाकारमा शम्भु घिसिङ, विकास स्यङतान, सुष्मा मोक्तान, सुनिता थिङ, शम्भु घिसिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङ साथै स्थानिय कलाकारहरु रहेका छन ।
राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङको निर्माण भएको चलचित्रका निर्देशक जनक गुरुङ हुन । बिक्रम लामाले चलचित्रको छायांकन गरेका छन भने बज्र द्यासुरले सम्पादन गरेका छन ।