गायक तथा नायक कोशीस छेत्रीको गीतमा बिकास र सम्पदाको रोमान्स

Written by Artist Sansar

कोशीस छेत्रीको के भो के भो गीतमा बिकास र सम्पदाको रोमान्स

नेपाली सुगम संगीतमा स्थापित नाम हो , कोशीस छेत्री । चलचित्र मोक्ष तथा पर्बमा नायकको रुपमा प्रस्तुत भईसकेका गायक कोशीस छेत्रीको आवाजमा रहेको गीत के भो, के भो…. को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

k vo k vo by kosis chhetri - bikash lamichane sampada baniya direction nava dhungel - artistnpal production 3

गीतकार ज्ञान कुमार सुनुवारको पहिलो एल्बम “सिरु बराली” मा सङ्रहित यस् गीतका संगीतकार गायक कोशीस स्वंम हुन । एल्बम जेड ईन्टरटेन्मेन्ट बाट आएको थियो । एल्बमका सबै गीतमा कोशीस कै संगीत सङ्रहित छ ।
आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा संचारकर्मी निर्देशक नब ढुंगेलले यस् म्युजिक भिडियोको निर्देशन् गरेका हुन । म्युजिक भिडियो , पोर्टफोलियो फोटोसुट, बिज्ञापन निर्माण, अनलाईन तथा आर्टिस्ट म्यागजिनका प्रबन्ध निर्देशक ढुंगेलले यस् म्युजिक भिडियोमा दुई प्रेमी प्रेमिकाको प्रेमलाई रोमन्चित ढंगबाट प्रस्तुत गरेका छन।

k vo k vo by kosis chhetri - bikash lamichane sampada baniya direction nava dhungel - artistnpal production 5

भिडियोमा संचारकर्मी मोडेल बिकास लामिछने तथा मोडेल सम्पदा बानियालाई देख्न सकिन्छ । जे एस कृयसनको ड्रेसमा मेकअप आर्टिस्ट नन्दा अधिकारीले मोडेल द्वयलाई आकर्शक बनाएकी छिन् ।

About the author

Artist Sansar