नेपाली चलचित्र ‘लभ यु हमेसा ‘को शिर्ष गीत ‘लभ यु हमेसा ‘ सार्वजनिक भएको छ।
त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्म कात्तिक २२ गते नेपाल र कात्तिक १५ (नोभेम्बर १ ) मा भारतमा प्रदर्शन हुदैछ । फिल्मको गीतमा अभिनेता यशराज गरच र नव-अभिनेत्री फिजा योन्जन प्रेमिल अवतारमा प्रस्तुत छन् ।
यवन गुरुङको निर्माण रहेको फिल्म भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो । फिल्ममा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारको पनि अभिनय छ ।
फिलिपिन्सको समुन्द्री तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ । भासुको शब्द र संगीत रहेको गीतको भिडियो कोरियोग्राफी भने रामजी लामीछानेले गरेका हुन् । फिल्म धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको हो ।