‘मिस ग्लोबल २०१०’ को तयारी

Written by Artist Sansar

सौन्दर्य प्रतियोगिताहरुको भिडमा इ.एस क्रिएशनले विशेषतः कलेजका युवतीहरुलाई सहभागी गराउने गरी गर्न लागेको ‘मिस ग्लोबल २०१०’ को फाइनलमा भिड्ने ३० जना १६ वर्षदेखि २४ वर्षसम्मका देशभरका युवतिहरुलाई शनिवार अडिसनमार्फत छानेको छ।
निर्णायकहरु पत्रकार तारा चाम्लिङ, फोटोग्राफर कमल श्रेष्ठ, कोरियोग्राफर अश्विनी झा र चर्चित गायिका रेश्मा सुनुवारले अडिसनमा आएका ६५ जना युवतिहरुमध्ये ३० जनालाई उनीहरुको प्रतिभा, सुन्दरता र वौधिकताको आधारमा छनोट गरेका थिए।

छनौटमा परेका ३० जना युवतिलाई ग्रुमिङ, व्यक्तित्व विकास, अपराध, सामाजिक कार्यलगायत आईटी सम्बन्धी तालिम आ-आफ्नो क्षेत्रका विज्ञ हस्तिहरु मार्फत गरिने आयोजक इ.एस क्रिएशनका सुदिप सत्यालले बताउनुभयो।

आगामी असोज १८ गते काठमाण्डौंको राष्ट्रिय नाचघरमा फाइनल प्रतिष्पर्धा गराइने “मिस ग्लोबल २०१०”को कोरियोग्राफी अश्विनि झाले गर्दैछन् भने फोटोग्राफि चरचित फेसन फोटोग्राफर् कमल श्रेष्ठले गर्दैछन ।

About the author

Artist Sansar