आस्था भईन मिस युएसए नेपाल –२०१२
· ArtistNepal Network · ArtistNepal News
अमेरिकामा बस्ने नेपाली मुलुका युवतीहरू बीच सम्पन्न ‘मिस नेपाल युएसए–२०१२’को उपाधि मेरिल्याण्डकी आस्था श्रेष्ठले जितेकी छिन् । आईतबार वासिङट्न डिसी नजिक फेयर फ्याक्स भर्जिनिया स्थित जर्ज मासोन विश्वविद्यालयमा सम्पन्न सो प्रतियोगितामा २८ प्रतियोगीलाई पछि पर्दै उनले मिस युएसए नेपाल–२०१२को ताज जितेकी हुन् । काठमाडौंमा जन्मिएकी आस्था बाल्यकाल देखिनै अमेरिकामा रहँदै आएकी छिन् । अमेरिकामा रहेर गायन पेशामा लागेकी उनले यसै वर्ष गायनमा गोल्डेन भ्वाईस अवार्ड समेत जितेकी थिईन् । काठमाडौंका इप्लानेट नेपाल र अमेरिकाको इभेन्ट प्लानेट इनकर्पोरेशनले सँयुक्त रूपमा आयोजना गरेको सो प्रतियोगितामा फस्ट रनरअपको उपाधि टेक्सासबाट प्रतिनिधित्व गरेकी २३ वर्षीया नुर्जा श्रेष्ठले प्राप्त गरेको इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जनाएका छन् । यस्तै सेकेण्ड रनरअपको उपाधि भने न्युयोर्कबाट प्रतिनिधित्व गरेकी १८ वर्षीया आश्मा ढकालले जितिन् । सो प्रतियोगितामा बेष्ट स्माईलको उपाधि नर्थ क्यरोलाईनकी सृजना राजकर्णिकारले, बेस्ट क्याटवाकको उपाधि टेक्सासकी किन्जल्क द्धाले, मस्ट पपुलर उपाधि क्यालिफोर्नियाँकी सँगीता ढकालले, मोस्ट फेन्डली उपाधि कोलोराडोकी कान्दु शेर्पाले, बेष्ट पर्सनालिटीको उपाधि एटलान्टाकी रक्षा खत्रीले, बेष्ट ड्रेसको उपाधि न्युयोर्ककी रोशनी गुरुङ र बेष्ट फोटोजोनिक अउपाधि न्युयोककै मिसलेल लामाले जितेकी छन् । सो प्रतियोगितामा मोष्ट ट्यालेन्टको उपाधि पेन्सिलभेनियाँकी श्वेच्छा बराल र बेष्ट हेयरको उपाधि केन्टकीकी प्रविना भट्टराईले प्राप्त गरिन् । अ‍ेमेरिकामा रहेका नेपाली मुलका युवतीहरूलाई नेपाली भाषा, कला सँस्कृतिको सँरक्षणमा सकृय गराई उनीहरूको व्यक्तित्व विकाशका लागि यो प्रतियोगिता आयोजना गरिएको पनि आयोजक सँस्थाका अध्यक्ष सापकोटाले जानकारी गराएका छन् । यो प्रतियोगिता गतवर्षको अमेरिकामा सुरु गरिएको हो ।
Tags: Miss Nepal USA fashion