नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को उपाधि आरति र बिबेकलाई

Written by Artist Sansar

नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को उपाधि आरति लामिछाने र बिबेक शाहले जितेका छन

काठमाडौँ ।

नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को उपाधि आरति लामिछाने र बिबेक शाहले जितेका छन । फेसनसंसार डटकमको सहकार्यमा मोडल सङस नेपाल प्रालिले आयोजना गरेको “नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७” सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिश्प्रधा राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको थियो । अन्य पुरुष तथा महिला प्रतिस्प्रधीहरुलाइ पछि पार्दै आरति लामिछाने र बिबेक शाहले बिजेताको ताज चुम्न सफल भएका थिए । त्यस्तै महिला तर्फको फर्स्ट रनरअप सम्झना रेग्मी, र सेकेण्ड रनरअपमा जेनिशा श्रेष्ठ भएका थिए भने पुरुष तर्फ फर्स्ट रनरअप उज्जल केसी र सेकेन्ड रनरअप सलमान अन्सारी भएका थिए ।
प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्यगरेको आयोजक डेभिलसिंह राजपुतले बताए । प्रतिस्प्रधीहरुले प्रतियोगिताबाट आफुहरुले धेरै कुरा सिक्न पाएकोमा खुशी ब्यक्त गरेकाथिए । नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को अन्तिम प्रतिश्प्रधामा संचारकर्मी तथा कलाकार सुर्य चन्द, गायक उदेश श्रेष्ठ, नायिका अनु शाह,शिक्षासेवि सुदन डोटेल, मोडल संजयराज बिक्रम र गेस्ट निर्णायक भूमिकामा म्युजिक भिडियो निर्देशक तथा संचारउद्धमी संचारकर्मी नब ढुंगेलले बिजेता घोषणा गरेका थिए ।
कोरियोग्राफर दिवस भट्टराइले कोरियोग्राफ्री गरेका “नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७” सौन्दर्य प्रतियोगिताको संचालन चर्चित कोरियोग्राफर आश्विनी झाले गरेकाथिए । यस सौन्दर्य प्रतियोगितामा बिजेता बन्न सफल प्रतियोगीहरु नेपालबाट अन्तराष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिस्प्राधाहरुमा नेपालको प्रतिनिधित्व गराउने तयारी रहेको प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताए ।

कार्यक्रमको थप फोटो हेर्नुहोस् ।

About the author

Artist Sansar