आर्टिस्ट संसार संबाददाता । काठमाडौं
चलचित्र ‘भूईँमान्छे’को टिजर सार्वजनिकसँगै यो चलचित्रको विषयवस्तुको बारेमा दर्शकहरुको चासो बढीरहेको छ । टिजरमा कलाकार रमेश बुढाथोकी लास काट्कुट गर्दै गरेको दृश्य देखाइएको छ । यो भूमिकामा अभिनय गर्नका लागि रमेश बुढाथोकीले मन र मुटु दह्रो बनाएर अध्ययन गरेका छन् । मुर्दाघरमा बसेर अनुभव बटुलेका छन् ।
शवचिरेको हेर्न रमेश बुढाथोकी गण्डकी अञ्चल अस्पताल पोखराको मुर्दा घरमापुगे । चलचित्रको लागि भनेपछि अस्पतालले सजिलै उनलाई मुर्दाघर छिर्न अनुमति दियो । उनी मुर्दा चिर्ने मान्छेसँग मुर्दा घरभित्र छिरे । उनीसँग मुर्दा घरमा छिर्ने एक जना थिए, जो एक दशकदेखि मुर्दा चिर्दै आएकाथिए । रमेशलाई डर लागिरहेको थियो, तर बानि परिसकेको अर्को मान्छेमा कुनै हिच्कीचाहट थिएन । उ निर्धक्क थियो ।
जबमुर्दाघरभित्र रमेश छिरे । शवहरु देखेर झनै डराए । तर पनिउनले मनलाई दह्रो गरेर सम्हाले । उनको पेशा त कलाकारीता थियो । तर, चलचित्रमा उनले लासहरुसँग खेल्नु पर्ने बाध्यता थियो । चलचित्रको पात्रलाई न्याय गर्नका लागि उनले वास्तविकता बुझ्नुको विकल्प थिएन । त्यसैले उनी पोष्टमार्टम कसरी गरिन्छ ?भन्ने कुरा सिक्न त्यहाँ पुगेका थिए । मुर्दा घरभित्र छिर्दाको अनुभव सुनाउँदै बुढाथोकीले भने, ‘उसले भुईंमा लडेको लास उठायो । हेर्दाहेर्दै चिरेर दुई फ्याक बनायो । घाँटीबाट ब्लेड जस्तो सामग्रीले तलसम्म चिर्यो । शवका आन्द्रा भुँडी सबै देखिए । मैले हेर्न सकिनँ । सहन सकिनँ । वान्ता होला जस्तो भयो । थाम्न सकिनँ र बाहिर निस्किएर वान्ता गरेँ ।’
चार दिनसम्म रमेशले लगातार मुर्दा काट्ने मान्छेको संगत गरे । उ सँगै बस्थे । उ सँगै कुरा गर्थे । अनि उनलाई नै सघाउँथे । तर, खाना खाँदा र राति सुत्दा मुर्दा घरको झझल्कोले उनलाई सताउन थाल्यो ।
त्यसपछि उनले त्यहाँ काम गर्ने व्यक्तिको व्यवहार पनि अध्ययन गरे । उसँग कुरा पनि गरे । जब मुर्दा काट्ने मान्छेको अनुभव उनले सुनेँ– उनका शरिर नै जिरिङ्ग गर्न थाल्यो । शरिरका रौँहरु ठाडो हुनथाले । रमेश भन्छन्– ‘उसको सपनामा सधैँ मुर्दाहरु आउँछन् रे । उसलाई सधैँ पिट्छन् रे । झगडा गर्छन् रे । चिरिएको, काटिएको अनुहार, दुई फ्याक भएका मान्छेहरु उठेर उसको हत्या गर्न खोज्छन् रे ।’ सामाजिक परिवेशमा पनि रमेशले जुन मान्छेसँग संगत गरे उसलाई नकारात्मक दृष्टिले हेरीँदोरहेछ । मुर्दा घरमा काम गर्नेलाई समाजले नराम्रो दृष्टिकोणले हेर्छ । ठ्याक्कै उसको जीवनम ापनि त्यहि रहेछ । उनी भन्छन्– ‘अब त उसलाई बानी परिसके छ । सबै पचाइ सकेको रहेछ ।’
उनीसँगै राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ पनि चलचित्रमा मुख्य आर्कषणको रुपमा प्रस्तुत भएकी छिन् । सिपोराले यहि चलचित्रबाट डेब्यु गरेकीहुन् । पोष्टमार्टमको कथामा बनेको चलचित्रलाई नवराज बुढाथोकीले निर्देशन गरेका छन् । फरक कथा र शैलीमा निर्माण भएको चलचित्र भएकोले यसलाई दर्शकले मन पराउनेमा निर्माता रोहिणी भट्टराई आशावादी छन् । विशेष गरी भूईँमान्छे मेडिकल साइन्सका विद्यार्थीले हेर्नै पर्ने चलचित्र त हो नै, आमदर्शकका लागि पनि समाजमा लुकेर बसेको यो कथा नौलो र रुचीकर लाग्ने निर्देशक बुढाथोकी बताउँछन । भुईंमान्छे आगामी असार २० गतेदेखि देशभर प्रर्दशनमा आउँदैछ ।
Categories:
Nava Dhungel
artistsansar.com, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। नव ढुङ्गेल आर्टिस्टनेपालका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर हुन्। उहाँबारे थप जान्न व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।
Recent Posts
Archives
- December 2024
- November 2024
- September 2024
- May 2024
- March 2024
- January 2024
- November 2023
- May 2023
- December 2022
- November 2022
- October 2022
- September 2022
- June 2022
- April 2022
- March 2022
- February 2022
- December 2021
- October 2021
- September 2021
- July 2021
- June 2021
- May 2021
- April 2021
- March 2021
- February 2021
- January 2021
- November 2020
- October 2020
- September 2020
- August 2020
- July 2020
- June 2020
- May 2020
- April 2020
- March 2020
- October 2019
- September 2019
- August 2019
- July 2019
- June 2019
- May 2019
- April 2019
- March 2019
- February 2019
- January 2019
- December 2018
- November 2018
- October 2018
- September 2018
- August 2018
- July 2018
- June 2018
- May 2018
- April 2018
- March 2018
- February 2018
- January 2018
- December 2017
- November 2017
- October 2017
- September 2017
- August 2017
- July 2017
- June 2017
- May 2017
- April 2017
- March 2017
- February 2017
- January 2017
- November 2016
- October 2016
- September 2016
- August 2016
- July 2016
- June 2016
- May 2016
- April 2016
- March 2016
- February 2016
- January 2016
- December 2015
- November 2015
- October 2015
- September 2015
- August 2015
- July 2015
Categories
- ArtistNepal Academy
- ArtistNepal News
- ArtistNepal Production Studios
- artists
- Event News
- Fashion News
- fashion Tips
- film artist
- Filmy News
- Gossip & interview
- Lyricist and literalist
- Model & Dancers
- Music Artist
- Music news
- Nepali Filmy Songs Lyrics
- Nepali Lok Geet Lyrics
- Nepali Old Songs Lyrics
- Nepali Pop & Modern Songs Lyrics
- Nepali Songs Lyrics
- Photoshoot Videos & Interview
- Uncategorized