सञ्चारकर्मी एवं निर्माता रमेश एम के पौडेलले निर्देशनमा चलचित्र बन्ने भएको छ ।
पछिल्लो समयका व्यस्त अनि रुचाइएका नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने गरि ‘रेड वाइन’ नामक चलचित्रको निर्माण घोषणा भएकोहो ।
निर्देशक पौडेल हाल अमेरिकामा रहेका छन् र चलचित्रको छायाङ्कन अमेरिकामा नै हुने बताइएको छ । पल र साम्राज्ञीले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् । चलचित्रमा पल र साम्राज्ञीका साथमा हाँस्य कलाकार सन्दीप क्षेत्री इमिली लामाको पनि अभिनय रहने छ ।
चलचित्रमा अमेरिकामा नै रहँदै आएका व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहने छ । चलचित्रमा पटकथा तथा संवाद सविर श्रेष्ठले तयार पारेका छन् भने सह–निर्माता निरु भण्डारी रहने छिन् ।
यस चलचित्रका निर्देशक रमेश एम के पौडेलले निर्माण गरेको पछिल्लो चलचित्र ‘राज्जा रानी’ हो । जसमा अभिनेता नाजिर हुसेन र केकी अधिकारीको मुख्य भूमिका रहेको थियो ।