रक गीतको भिडियोले तहल्का पिट्दै

आर्टिस्ट नेपाल

सन् १९५० मा सुरु भएको रक संगीतले नेपाली गायनमा भने प्रवेश पाएको धेरै भएको छैन । ७० को दसकताका नेपालमा हिप्पी शैली भित्रिए सङै रक गीतको अनौपचारिक सुरुवात भएको थियो । सन १९९० मा नेपालको पहिलो हार्ड रक, हेभी मेटल र अल्टर्नेटिभ रकको रुपमा कबवेब ब्याण्डले रक म्युजिकको सुरुवात गरेको थियो । अहिले रक म्युजिकलाई पछ्याउने नेपालीहरुको सँख्या पनि बढीनै रहेको छ । यसका एक उदाहरण हुन – बिबेक श्रेष्ठ ।

सन् २००४ को हाराहारीमा रक गीत गुनगुनाउदै आएका बिबेक महर्जनको एक दशक पछी मात्र रक गायक बन्ने सपना पुरा भएको छ । उनले हालचालै आफ्नो पहिलो एल्बममा सङ्रहित हुने रक गीत छाडि दियो…..को भिडियो सार्वजनिक भएको छ । बिबेक आफ्नै शब्द संगीत र आवाज रहेको गीतमा सरद श्रेष्ठको एरेन्ज रहेको छ । जीवनका क्षणहरु सदै एकनास हुँदैनन । सोच्दै नसोचेको बिपत्ती पनि अाईलाग्छ, यस्तै अकल्पनिय क्षणहरुलाई उतारिएको भिडियोलाई लामो समयसम्म म्युजिक भिडियो छायाँकनमा सफल रहेका अमृत सुनुवारले निर्देशन् गरेका हुन । एक दसक अघी देखी भिडियो खिच्न थालेका अमृतले ४०० को हाराहारीमा भिडियो छायाँकन गरेका छन् भने एक दर्जनको हाराहारीमा भिडियो निर्देशन् गरिसकेका छन् । बालाजु स्थित एन एफ डि सि स्टुडियोमा छायायँकन गरिएको गीतको भिडियोमा गायक बिबेक महर्जन र मोडेल पूजा भेटवाल प्रस्तुत भएका छन् । भिडियोलाई आर्टिस्ट नेपाल प्रोडक्सनमा माधव बेल्बासेले सम्पादन गरेका छन् ।

आर्टिस्ट नेपाल नेटवर्क अन्तर्गतको आर्टिस्टनेपाल डट कमले मार्केटिङ तथा बजार ब्यबस्थापन गर्ने यस् एल्बममा रकपप गीतहरु सङ्रहित छन् ।

भिडियो


Comments are closed.