नयाँ भिडियो लिएर आउँदै सरोज

झन्डै १ बर्षको अन्तराल पछी गायक सरोज साजन श्रेष्ठले नयाँ भिडियो नैनी ताल लिएर आउने भएका छन । पहिलो एल्बम एस ३ सार्बजनिक गरेर चर्चा कमाएका गायकले पापिनिले , मायालु को देश र तिमीले फर्किएर बोलको गीतको भिडियो सार्वजनिक गरिसकेका छन भने रिलिजको तयारीमा रहेको यो चौथो भिडियो हो ।

नगरकोटको कन्ट्रीभिल्लामा छायांकन गरिएको उनको नयाँ भिडियोमा आधा दर्जन डान्सिङ कृयुहरुको रोमन्चक प्रस्तुती रहने गायक सरोजले बताए । उनको यो भिडियो अप्रिल पहिलो हप्तामा सार्वजनिक हुनेछ ।