एकल गीति संग्रह “कला” लिएर आउँदै संचारकर्मी सिद्धार्थ लामिछाने

आर्टिस्टसंसार

बिगत २ दशक देखि संचारको विभिन्न क्षेत्रमा कार्यरत संचारकर्मी सिद्धार्थ लामिछाने एकल एल्बम “कला” लिएर आउने भएकाछन । एक बर्ष अघि दिबाङगत आमाको शोकमा पशुपतिमा १३ दिनको बसाईको क्रममा लेखेका कबिताहरुलाई संगितकार शिखर सन्तोष,डिजे सन्तोष (सन्तोष सुबेदी), नरेशदेव पन्तको सहयोगमा “कला” नामक गीति संग्रह तयार भएको हो ।
“कला” एल्बममा कलाकारहरु दिपक खरेल,इश्वर अमात्य,सत्यराज आचार्य, स्वरूपराज आचार्य, मनोज सेवा ,मेनुका पौडेल र धर्मेन्द्र सेवानले आफ्नो आवाज दिनुभएको छ भने महाराज थापाको संगीत संयोजनमा शिखर सन्तोष, रोशन थापा,हरि लम्साल र मेनुका पौडेलले संगीत दिएकाछन । गीति संग्रहमा एउटा गित भने बिजय सिवाकोटीले लेखेका छन् ।
एल्बम बैशाख २५ गते राष्ट्रिय नाचघरमा विमोचित हुँदैछ । बैशाख २५ गीतकार सिद्धार्थको मुमा स्व:कमला लामिछानेको पहिलो बार्षिक पुण्यतिथि पनि हो । बिगत ८ बर्ष देखि अस्ट्रेलियाको सिड्नीमा रहेर नेपालको पहिलो अनलाईन रेडियो- रेडियो झड्का संचालन समेत गरेका सिद्धार्थ सिड्नीमा म्युजिक भिडियो निर्माणमा पनि सकृय छन ।

Tags:


Comments are closed.