काठमाडौं पाटन निवासी २५ वर्षीया उत्सब अमात्य मोडलिङमा स्थापित हुने क्रममा छन। ५ फिट ६ इन्च अग्ला उनले म्युजिक भिडियो तथा बिज्ञापनमा आउने तयारीमा छन।
मोडलिङको लागि आबश्यक ट्रेनिङहरु लिएका उत्सब आकर्षक पर्सनालिटी र मिलनसार स्वभावका छन । कलाकार बन्ने सोचका साथ सानै देखी मोडलिङको सपना देख्ने गरेका उत्सबले कमलादी पुतलीसडक स्थित आर्टिस्ट नेपाल स्टुडियोजबाट मोडलिङको सुरुवात गरेका हुन। आर्टिस्ट नेपालले नै उनको पोर्टफोलियो फोटोसुट गरेको हो। सरिता थापा मगरको मेपअपमा कुबेर तामाङले उनको फोटोलिएका हुन।
अध्ययन सकेर नै मोडेलिङमा प्रबेश गरेका उनले मोडेलिङ आफ्नो सपना भएको र मान्छेहरुले पनि राम्रो नजरले हेर्ने गरेकोले आकर्सित भएको उनको ठम्याई छ।